काठमाण्डाै – नेकपा एमालेबाट निलम्बित नेता माधवकुमार नेपालले केपी ओलीले आफूहरूलाई ६ महिनाका लागि निलम्बन गरेर आफ्नो वास्तविक स्वरूप देखाएको बताउनुभएकाे छ । मङ्गलवार आफू निकट वाग्मती प्रदेश कमिटीको बैठकमा बोल्दै नेता नेपालले यस्ताे बताउनुभयाे ।
उहाँले आफूहरूमाथि कारबाही गर्दा घुँडा टेक्न आउँछन् कि भन्ने भ्रम केपी ओलीमा रहेको पनि बताउनुभयो । अहिले प्रतिनिधि सभा बिउँतिएपछि पनि ओलीले चुनाव गराउँछु भन्दै हिँडिरहेको नेता नेपालले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘केपी ओलीले आफ्नो वास्तविक स्वरूप देखाउन...