आर्थिक अभियान १९औं वार्षिकोत्सव विशेष : नेपालमा ई–कमर्स बजारको स्थिति

मानिसले अनलाइन किनमेल गर्न हिचकिचाउनुको प्रमुख कारण अनलाइन प्लेटफर्मप्रति पूर्ण विश्वस्त हुन नसक्नु हो । अधिकांश मानिस मेहनतको कमाइ खर्च गर्नुअघि आफूले किन्न लागेको सामान हेर्न र छुन रुचाउँछन् । ग्राहकले अर्डर गरेको सामानको स्वरूप आफूले प्राप्त गरेको सामानसँग मेल नखाने गुनासो संसारभरिको साझा हो । कहिलेकहीँ प्रकाशको कारण वा अनलाइनमा वस्तु राम्रो देखाउन त्यसको फोटो सम्पादन गर्दा बेच्न राखिएको वस्तु अनलाइनमा वास्तविकभन्दा राम्रो देखिन सक्छ ।