दराजको नयाँ ब्रान्ड लोगो सार्वजनिक

काठमाडौं (अस) । ई–कमर्स प्लेटफर्म दराजले नयाँ ब्रान्ड लोगो अनावरण गरेको छ । दराज समूहका संस्थापक र सीईओ बियार्के मिक्केलसनले नयाँ ब्रान्ड सुरुआतले व्यवसाय वृद्धिका लागि थप पहल सुरु भएको बताए । ‘विगत सात वर्षमा दराजले धेरै विकास गरेको छ । हाम्रो यात्राको अर्को अध्यायमा अघि बढ्दै जाँदा ग्राहकको अनुभवलाई उल्लेखनीय रूपमा वृद्धि गर्न व्यवसायको रूपमा गियर परिवर्तन गर्दै छौं भनेर देखाउन ब्रान्डको विकास गर्ने यो सही समय हो,’ उनले भने । नयाँ ब्रान्डको लोगो प्रगति, नवीनता, अन्वेषण र आविष्कारको अंश रहेको उनले बताए । यसले दराज प्लेटफर्ममा खरिदकर्ता र बिक्रेता दुवैलाई थप नजिक ल्याउन सहयोग पुर्‍याउने उनको भनाइ छ । दक्षिण एसियाका पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा ई–कमर्सलाई मानिसको दैनिक जीवनको मुख्य भाग बनाउने दराजको महत्वाकांक्षा नयाँ ब्रान्डले सफल हुने उनको विश्वास छ । नयाँ लोगोले एउटा प्याकेजलाई प्रतिनिधित्व गर्दछ, जुन ई–कमर्स प्लेटफर्मले एसएमई बिक्रेतालाई ग्राहकसँग भौतिक रूपमा कसरी जोड्न सकिन्छ भन्ने प्रतीकात्मक स्वरूप रहेको कम्पनीले बताएको छ । रिब्रान्डिङका साथै दराज नेपालले आँचल कुँवरलाई नयाँ प्रबन्ध निर्देशक (एमडी) नियुक्त गरेको छ । वर्तमान एमडी लिनो अहलेरिङ यो महिना अन्त्यमा सिंगापुरको दराज मुख्यालयमा क्षेत्रीय भूमिकामा सर्नेबित्तिकै आँचलले पदभार सम्हाल्नेछिन् ।

सम्बन्धित सामग्री

दराजको नयाँ लोगो सार्वजनिक

काठमाडौं, माघ ४ । ई-कमर्स प्ल्याटफर्म, दराजले आफ्नो नयाँ ब्रान्ड लोगो सार्वजनिक गरेको छ । रिब्रान्डिङ र व्यवस्थापन परिवर्तनका साथ नयाँ वर्षको नयाँ सुरुवात भएको कम्पनीको दाबी छ । दराज समूहका संस्थापक एवं सीईओ बियार्के मिक्केलसनले नयाँ ब्रान्डको सुरुवातले व्यवसायका लागि उर्जा थपेको बताउनुभएको छ ।

दराजको नयाँ ब्रान्ड लोगो सार्वजनिक, नेपालको प्रबन्ध निर्देशकमा आँचल कुँवर

काठमाडौं । ई–कमर्स प्लेटफर्म, दराजले आज आफ्नो नयाँ ब्रान्ड लोगो अनावरण गरेको छ।  दराज समूहका संस्थापक र सीईओ बियार्के मिक्केलसनले आजको नयाँ ब्रान्डको सुरुवातले व्यवसायको लागि एक रोमाञ्चक पाइला सुरु भएको बताएका छन् । रिब्रान्डको विभिन्न पक्षहरूमध्ये एक उल्लेखनीय परिवर्तन भनेको दराजको लोगो भएको जनाइएको छ ।  नयाँ लोगोले एउटा प्याकेजलाई प्रतिनिधित्व...

दराजको नयाँ लोगो सार्वजनिक

नेपालको अग्रणी ई–कमर्स प्लेटफर्म, दराजले आजआफ्नो नयाँ ब्रान्ड लोगो अनावरण गरेको छ ।दराज समूहका संस्थापक र सीईओ बियार्के मिक्केलसनले नयाँ ब्रान्डको सुरुवातले व्यवसायको लागि एक रोमाञ्चक पाइला सुरु भएको बताएका छन् ।“ब्रान्डको नयाँ रूप र अनुभूतिले अझै पनि हाम्रो डिएनए, प्रगति, नवीनता, अन्वेषण, र आविष्कारको अंश रहेको तत्वहरूलाई प्रतिनिधित्व गर्दछ” उनले भने, “एकै समयमा, यसले […]

दराजको नयाँ ब्राण्ड लोगो सार्वजनिक

दक्षिण एसियाको अग्रणी ई–कमर्स प्लेटफर्म, दराजले आज आफ्नो नयाँ ब्रान्ड लोगो अनावरण गरेको छ । दराज समूहका संस्थापक र सीईओ बियार्के मिक्केलसनले आजको नयाँ ब्रान्डको सुरुवातले व्यवसायको लागि एक रोमाञ्चक पाइला सुरु भएको बताएका छन् । “ब्रान्डको नयाँ रूप र अनुभूतिले अझै पनि हाम्रो डिएनए – प्रगति, नवीनता, अन्वेषण, र आविष्कारको अंश रहेको तत्वहरूलाई प्रतिनिधित्व गर्दछ। एकै समयमा, यसले व्यक्तिगत अनुभवमा परिवर्तनको सङ्केत गर्छ जसले हामीलाई हाम्रो प्लेटफर्ममा खरिदकर्ता र बिक्रेता दुवैसँ

दराजको नयाँ लोगो सार्वजनिक, युआईमा पनि परिवर्तन

दराजले आफ्नो लोगो परिवर्तन गरेको छ । नेपाल लगायत पाकिस्तान, श्रीलंका, बंगलादेश, म्यानमारमा सञ्चालित दराजले सोमबार आफ्नो नयाँ लोगो सार्वजनिक गरेको हो ।  दराजले आफ्नो नयाँ लोगोसँगै वेबसाइट र एपको युआईमा पनि परिवर्तन ल्याएको छ । दराज नेपालको लोकप्रिय अनलाइन शपिङ प्लेटफर्म हो, जसबाट आफुलाई आवश्यक सामानहरू दराजबाट घरमै मगाउन सकिन्छ । आफुले मगाएको सामानको पैसा भिसा,...