तिकडमबाहेक गर्नु पर्दैन खास कुनै कामआफ्नै हात जगन्नाथ, जति लिए हुन्छ दामनेपाली नेता पो त, के सम्झ्या छ कसैले?त्यत्तिकै ठडिन्छ कीर्ति, त्यत्तिकै चल्छ नाम!–चेतन६ महिनामा कुनै दिन एक मिनेट, कुनै दिन आधा–पौने घण्टा गरेर जम्मामा ६-७ घण्टा चल्यो नेपाली संसद। कहिले जेठाको टाउको दुख्छ, कहिले माइलालाई झोँक चल्छ, कहिले साइँलाको घुर्की त कहिले कान्छाको फूर्ति।तलब भत्ता भने अर्बमा खर्च भैहाल्छ। त्यही घटना भएपछि र त्यही काम भएपछि त्यसैमा लम्कीझम्की वक्तव्यबाजी र भाषणभूषण भैहाल्छ। बस्, सबै खाले मि