विराटनगरस्थित एक मदरसाका प्रधानाध्यापकमाथि यौन दुव्र्यवहारको आरोप लागेको छ ।
प्रधानाध्यापकले आफूहरुलाई यौन दुव्र्यवहार गरेको मदरसामा अध्ययनरत दुई छात्राले आरोप लगाएका छन् । विराटनगर–८ अशोकचोकमा रहेको मदरसा रजाए मुस्तफा प्राथमिक विद्यालयमा अध्ययनरत दुई छात्राले प्रधानाध्यापकबाट यौन दुव्र्यवहारको शिकार भएको बताए । मदरसाका प्रधानाध्यापकसमेत रहेका मोलवी अमिरुद्दिनबाट यौन दुव्र्यवहार भएकाले कारबाही गर्न छात्राका आफन्तहरूले माग गरेका छन् मोलवी अमिरुद्दिनले माघ ७ गते र माघ ८ गते गरी मदरसामा अध्ययनरत कक्षा ५ र ६ का दुईजना छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ ।