यौन दुर्व्यवहारको आरोप लागेपछि न्यूर्योकका गर्भनरले दिए राजीनामा

एजेन्सी।कार्यस्थलमा यौन दुर्व्यवहारको आरोप लागेपछि अमेरिकाको न्यूयोर्कका गर्भनर एन्ड्रयु कुओमोले पदबाट राजीनामा दिएका छन्। उनीमाथि ११ जना महिलाले यौन दुर्व्यवहारको आरोप लगाएका थिए।आरोप अस्वीकार गर्दै उनले भनेका छन्, “यस्तो बेलामा मैले गर्न सक्ने सहयोग भनेको राजीनामा नै हो।” अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि कुओमोलाई राजीनामा गर्न दबाब दिएका थिए। आफ्नो कार्यकाल नसकिदै पदबाट हट्ने कुओमो न्यूयोर्कको तेस्रो गर्भनर हुन्।