अमेरिकाको चर्चित गायक बब डिलनलाई यौन शोषणको आरोप लागेको छ । एक महिलाले उनलाई सो आरोप लगाएकी छन् । १९६५ मा आफु १२ बर्षको हुँदा डिलनले आफ्नो यौन शोषण गरेको ती महिलाको आरोप रहेको छ ।समाचारका अनुसार न्युयोर्कको सुप्रिम कोर्टमा जेसी नामकी महिलाले मुद्दा दर्ता गराएकी छन् । जसमा भनेकी छन् ‘अप्रिल, मे १९६५ को ६ हप्ताको दौरानमा डिलनले आफ्नो यौन शोषण गरेका थिए ।’हाल ६८ बर्षकी महिला जेसीले गत साता डिलन बिरुद्ध एक उजुरी दर्ता गराएकी छन् । जसमा डिलनले २३–२४ वर्षको उमेरमा संगीतकार भएको फाइदा