तारागाउँ रिजेन्सी होटलको नाफा ७१ प्रतिशत बढ्यो

२९ माघ, काठमाडौं । हायात होटल सञ्चालन गर्दै आएको तारागाउँ रिजेन्सी होटल कम्पनीको नाफा ७१ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले १८ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको कुल […]

सम्बन्धित सामग्री

संसदीय समितिमा उठ्यो तारागाउँ विकास समितिको जग्गा प्रकरण छानबिनको माग (भिडिओ)

काठमाडौं । सांसदहरूले तारागाउँ विकास समितिको जग्गा प्रकरणमा छानबिन गर्नुपर्ने धारणा राखेका छन् । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनीहरूले नेपालको पर्यटन उद्योगको विकास गर्ने उद्देश्यले स्थापित तारागाउँ विकास समितिको जग्गा प्रकरणमा निकै अघिदेखि नै अनियमितता भएको हुन सक्ने भन्दै छानबिन गर्नुपर्ने माग गरेका हुन् । तारागाउँ रिजेन्सी होटल […]

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि हाथवे इन्भेष्टमेन्ट, तारागाउँ रिजेन्सी होटल र फर्स्ट माइक्रोफाइनान्सले भोलि अर्थात् पुस १२ गते बुक क्लोज गर्दैछन् । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले यी कम्पनीहरूको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरूले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।  हाथवेले हाल कायम चुक्ता पूँजीको १० दशमलव ५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कुल लाभांशमध्ये १० प्रतिशत बोनस शेयर छ भने शून्य दशमलव ५२६ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश छ । यो प्रस्ताव पारित गर्न कम्पनीले पुस २६ गते लैनचौर ब्याङ्क्वेट, लैनचौर, काठमाडौँमा १५ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान १० बजे शुरु हुनेछ । त्यसैगरी, फर्स्ट माइक्रोफाइनान्सले पुस २८ गते आम्रपाली ब्याक्वेट, भाटभटेनी, काठमाडौंमा चौधौं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान १० बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ७ दशमलव ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ७ दशमलव ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै, सभाले लघुवित्तको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै तारागाउँ रिजेन्सीले भने पुस २४ गते नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौंमा २७ औं साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले नगद लाभांश र ४ प्रतिशतका दरले बोनस शेयर गरी कुल १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

यसरी खिइँदै गयो हायात होटलमा सरकारको सेयर

काठमाडौँ- कुनै बेला नेपाल सरकार (तारा गाउँ विकास समिति) को ३९.७७ प्रतिशत सेयर रहेको तारागाउँ रिजेन्सी होटल (हायात) मा अहिले ९.०१ प्रतिशतमा झर्न पुगेको छ । के कारणले सरकारी सेयर घट्यो, यसबारे इकागजले गरेको खाेज यस्तो छ : तत्कालीन श्री ५ को सरकारले बौद्ध गाउँ पञ्चायत (हाल काठमाडौं महानगरपालिका वडा नं. ६) को ३४७ …

यसरी खिइँदै गयो हायात होटलमा सरकारको सेयर

काठमाडौँ- कुनै बेला नेपाल सरकार (तारा गाउँ विकास समिति) को ३९.७७ प्रतिशत सेयर रहेको तारागाउँ रिजेन्सी होटल (हायात) मा अहिले ९.०१ प्रतिशतमा झर्न पुगेको छ । के कारणले सरकारी सेयर घट्यो, यसबारे इकागजले गरेको खाेज यस्तो छ : तत्कालीन श्री ५ को सरकारले बौद्ध गाउँ पञ्चायत (हाल काठमाडौं महानगरपालिका वडा नं. ६) को ३४७ …

प्रथम त्रैमासमा तारागाँउ रिजेन्सी होटलको नोक्सानी घट्यो

मंसिर २९, काठमाडौं । तारागाउँ रिजेन्सी होटल लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा घटेको छ । कम्पनीले गत आवमा रू. ७ करोड ८९ लाख ८१ हजार नोक्सानी व्यहोरेकोमा चालू आवमा घटेर रू. ४ करोड ५५ लाख ४१ हजारमा झरेको हो । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएसँगै नोक्सानी घटेको हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. १ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ५ करोड ३५ लाख ११ हजार पुगेको छ । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८८ करोड ६६ लाख रहेको छ भने कम्पनीले जगेडामा रू. १९ करोड ८० लाख ३० हजार सञ्चित गरेको छ । कम्पनीले जगेडा कोषमा गत आवको पहिलो त्रैमासमा रू. ३८ करोड ४४ लाख ३३ हजार सञ्चित गरेको थियो । त्यसैगरी, चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशमलव ४१ ऋणात्मक र प्रतिशेयर नेटवर्थ रू. ११३ दशमलव ६४ रहेको छ ।

यी ६ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि - Purbeli News

काठमाडौं / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) ६ कम्पनीको शेयरमूल्य उच्च बृद्धि भएको छ । यो समाचार तयार पार्दासम्म नेप्से २२ अंकले बढेको छ भने साढे ३ अर्ब बढीको कारोबार भएको छ । नेप्सेका अनुसार शेयरमूल्यमा उच्च बृद्धि हुनेमा प्रभु लाईफ इन्स्योरेन्स, तारागाउँ रिजेन्सी होटल, प्रोग्रसिभ फाइनान्स लिमिटेड, ओरियन्टल होटल लिमिटेड,...

मन्त्रीद्वारा सम्झौता रद्द गर्ने चेतावनी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले तारागाउँ विकास समिति विगठन गर्ने र तारागाउँ रिजेन्सी होटल (होटल हायात)सँग भएको सम्झौता रद्द गर्ने चेतावनी दिनुभएको छ । तारागाउँ विकास समितिलाई २२ वटा र तारागाउँ रिजेन्सी होटललाई पठाएका २७ वटा प्रश्नको जवाफ तीन दिनभित्र पठाउन निर्देशन दिँदै उहाँले यस्तो चेतावनी दिनुभएको हो ।