मंसिर २९, काठमाडौं । तारागाउँ रिजेन्सी होटल लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा घटेको छ । कम्पनीले गत आवमा रू. ७ करोड ८९ लाख ८१ हजार नोक्सानी व्यहोरेकोमा चालू आवमा घटेर रू. ४ करोड ५५ लाख ४१ हजारमा झरेको हो ।
चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएसँगै नोक्सानी घटेको हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. १ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ५ करोड ३५ लाख ११ हजार पुगेको छ ।
कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८८ करोड ६६ लाख रहेको छ भने कम्पनीले जगेडामा रू. १९ करोड ८० लाख ३० हजार सञ्चित गरेको छ । कम्पनीले जगेडा कोषमा गत आवको पहिलो त्रैमासमा रू. ३८ करोड ४४ लाख ३३ हजार सञ्चित गरेको थियो ।
त्यसैगरी, चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशमलव ४१ ऋणात्मक र प्रतिशेयर नेटवर्थ रू. ११३ दशमलव ६४ रहेको छ ।