मन्त्रीद्वारा सम्झौता रद्द गर्ने चेतावनी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले तारागाउँ विकास समिति विगठन गर्ने र तारागाउँ रिजेन्सी होटल (होटल हायात)सँग भएको सम्झौता रद्द गर्ने चेतावनी दिनुभएको छ । तारागाउँ विकास समितिलाई २२ वटा र तारागाउँ रिजेन्सी होटललाई पठाएका २७ वटा प्रश्नको जवाफ तीन दिनभित्र पठाउन निर्देशन दिँदै उहाँले यस्तो चेतावनी दिनुभएको हो ।

सम्बन्धित सामग्री

मालढुङ्गा–बेनी सडक निर्माण तीव्र

पर्वत, १ चैत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी सडक निर्माण तीव्र गतिमा भइरहेको छ । निर्माण अवधि सकिएर पटकपटक म्याद थप गर्दासमेत कामको प्रगति नदेखिएपछि गत माघ दोस्रो साता सम्झौता रद्द गर्ने चेतावनी आयोजनाले दिएको थियो । चेतावनीपछि मुख्य ठेकेदार कम्पनीनै काममा फर्किएर निर्माणलाई तीव्रता दिएको हो । सडक निर्माणको जिम्मा […]

बेलहिया-बुटवल सडकको ठेक्का सम्झौता रद्द गर्ने चेतावनी

व्यापारिक मार्ग विस्तार आयोजनाले रुपन्देहीको बेलहिया–बुटवल सडकको ठेक्का सम्झौता रद्द गर्ने चेतावनी दिएको छ । सडक विस्तारका लागि सम्झौता भएको लामो समयसम्म पनि निर्माण पूरा नगरेको भन्दै आयोजनाले निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्ने चेतावनी दिएको हो ।

ट्वीटरका कर्मचारीसँग वार्ता गर्न एलेन तयार

काठमाडौ । विश्वका नम्बर एक धनाढ्य एलन मस्कले सामाजिक सञ्जाल ट्वीटर खरिद गर्ने प्रक्रियामा उत्पन्न गतिरोधमा ट्वीटरका कर्मचारीसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् । मस्कले आगामी बिहिबार ट्वीटरका कर्मचारीहरुसँग वार्ता गर्ने स्पष्ट पारेका हुन् । मस्कले ट्वीटर कम्पनीले आफूले मागेको डाटा उपलब्ध नगराएको भन्दै ४४ अर्ब डलरको सम्झौता रद्द गर्ने चेतावनी समेत दिदै […]

ट्वीटर खरिद गर्ने निर्णयबाट पछि हट्ने एलनकाे चेतावनी

काठमाडौं । विश्वका नम्बर एक धनाढ्य एलन मस्कले सामाजिक सञ्जाल ट्वीटर खरिद गर्ने निर्णयबाटपछि हट्ने चेतावनी दिएका छन् । ट्वीटर कम्पनीले आफूले मागेको डाटा उपलब्ध नगराएको भन्दै मस्कले ४४ अर्ब डलरको सम्झौता रद्द गर्ने चेतावनी दिएका हुन् । सम्झौता गर्दा भएको सहमति अनुसार कम्पनीले डाटा नदिएको मस्कको तर्क छ। मस्कका कानून ब्यावसायीहरूले ट्वीटरलाई पत्र लेख्दै […]

नेपालमा रेल सेवा सञ्चालन रद्द गरिदिने भारतीय कम्पनीको चेतावनी

भारतले नेपालमा रेल सञ्चालन हुन नसक्ने व्यहोराको पत्रसहित चेतावनी दिएको छ। भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेडले जयनगर-कुर्था रेल्वे सञ्चालनमा नेपाली पक्षका कारण अनिश्चितता भएको भन्दै सम्झौता रद्द गर्ने चेतावनी दिएको हो।

नेपालले भुक्तानी नगरेपछि रेल सम्झौता रद्द गर्ने भारतको चेतावनी

काठमाडौं । सम्झौताअनुसार नेपालले २० प्रतिशत अग्रिम भुक्तानी उपलब्ध गराउन नसकेपछि भारतले जयनगर–कुर्था रेलसेवा सम्झौता खारेज गर्ने चेतावनी दिएको छ । कोनकाँण रेलवे कर्पोरेसनका प्रमुख मेकानिकल इन्जिनियर दीपक त्रिपाठीले नेपाल रेलवे कम्पनीका महाप्रबन्धलाई पत्र लेखी नेपालले सम्झौताको उल्लंघन गरेको आरोप लगाएका छन् । नेपालले चाँडै रेलसेवा संचालन नगरे सम्झौता रद्द हुने व्योहोराको पत्र गत बुधबार […]

अस्ट्रेलियाले ‘बेल्ट एन्ड रोड’ परियोजना रद्द गर्यो, चीनले दियो चेतावनी !

काठमाण्डाै - अस्ट्रेलियाले चीनसँग उसको महत्त्वाकाङ्क्षी परियोजना ‘बेल्ट एन्ड रोड’ सँग जोडिएको दुई वटा सम्झौता रद्द गरेको छ । बुधवार अस्ट्रेलियाकी विदेश मन्त्री मेराइस पेनले चीनसँग चार वटा सम्झौता रद्द गर्ने घोषणा गर्नुभएको थियो तर त्यसमा बेल्ट एन्ड रोड परियोजनाको दुई वटा सम्झौताको खास चर्चा छ । खास कुरा के छ भने, यो दुई सम्झौता अस्ट्रेलियाले नगरि उसको भिक्टोरिया प्रान्तले सन् २०१८ र २०१९ मा चीनसँग गरेको थियो । अस्ट्रेलियाको सङ्घीय सरकारलाई गएको डिसेम्बरमा कुनै प्रान्त या विश्वविद्यालयले गरेको निर्णय रद्द ग...

ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने निगमको चेतावनी

काठमाडौं - नेपाल आयल निगमले इन्धन ढुवानीकर्ता तथा चालकले तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने जनाएको छ ।  निगमले बुधबार सूचना निकालेर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल प्रभाव पार्ने पिडिओ नलिने, भारतीय आयल कर्पोरेशन (आइओसी)मा इन्धन लिन नजाने, डिपोमा इन्धन लिएर नआउने र बिक्री वितरणमा असहय...