काठमाण्डौ – सरकारले तारागाउँ रिजेन्सी होटल लिमिटेडअन्तर्गतको ‘होटल हायात रिजेन्सी’लाई तारागाउँ विकास समिति र होटलबीच भएको सम्झौता किन नतोड्ने भनी प्रश्न सोधेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले हिजो पत्राचार गरी मातहतको होटल हायतलाई २७ र तारागाउँ विकास समितिलाई २२ प्रश्न सोध्दै तीन दिनभित्र जवाफ पेस गर्न निर्देशन दिएको हो । जग्गा लिजमा लिँदा होटलले पालना गर्न तय गरिएका शर्त र बन्देज कार्यान्वयन नभएकाले जग्गाको लिज सम्झौता रद्द गरेर सरकारले वैकल्पिक उपयोगमा ल्याउनु नपर्ने वा होटललाई लिजमा...