नेप्सेमा सूचीकृत तीन वटै होटल घाटामा, ह्यात होटल ७ करोड ८९ लाख रुपैयाँ नोक्सानीमा

काठमाडौं। तारागाउँ रिजेन्सी होटल (ह्यात) सात करोड ८९ लाख ८१ हजार रुपैयाँ घाटामा गएको छ। कोभिडका कारण हस्पिटालिटी क्षेत्र

सम्बन्धित सामग्री

पर्यटकले बढाए होटेल तथा पर्यटन समूहको खुद नाफा, कुनले कति कमाए ?

काठमाडौं । धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा (नेप्से) मा होटल तथा पर्यटन समूहका ६ कम्पनी सूचीकृत छन् । तीमध्ये पाँच कम्पनीकोे चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमाससम्मको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढेको छ । सोल्टी होटल, तारागाउँ रिजेन्सी होटल्स, चन्द्रागिरि हिल्स लिमिटेड, ओरियण्टल होटल्स लिमिटेड र कालिञ्चोक दर्शनको खुद नाफा बढेको हो ।  सिटी होटल भने चालू आवको दोस्रो त्रैमाससम्ममा ११ करोड ७९ लाख रुपैयाँ घाटामा छ । गत आवको दोस्रो त्रैमासमा पनि सिटी होटेल १३ करोड २४ लाख रुपैयाँ घाटामा थियो । अघिल्लो वर्षको तुलनामा सिटी होटलको घाटा यसपालि कम छ ।  कोरोना कम भएसँगै पर्यटक आगमन बढ्दा होटेल तथा पर्यटन समूहको नाफा बढेको हो । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुुसार सन् २०२३ मा १० लाख १४ हजार ८७६ विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन् । यो सन् २०२२ को तुलनामा ४ लाखले बढी हो । नेप्सेमा सूचीकृत होटल तथा पर्यटन समूहका कम्पनीमध्ये सबैभन्दा बढी सोल्टी होटलले २६ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ ।  यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ४ दशमलव ६४ प्रतिशतले बढी हो । सोल्टीले चालू वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ५ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । गत आवमा यो होटेलको आम्दानी ९६ करोड १ लाख रुपैयाँ थियो । पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दा आम्दानी बढेको होटेलले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।  सबैभन्दा बढी तारागाउँ रिजेन्सी होटल्सको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ७१ प्रतिशत बढेको छ । गतवर्ष दोस्रो त्रैमासमा १० करोड ६१ लाख नाफा कमाएको तारागाउँले यो वर्षको सोही अवधिमा नाफा १८ करोड १६ लाख रुपैयाँ पुर्‍याएको छ । गत साउनदेखि पुससम्ममा तारागाउँले ६३ करोड ८५ लाख आम्दानी गरेको देखिन्छ ।  त्यस्तै ओरियन्टल होटल्सको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा यसपालि ४६ दशमलव २४ प्रतिशत बढेको छ । ओरियन्टलले गतवर्ष दोस्रो त्रैमाससम्ममा ३ करोड ६५ लाख नाफा कमाएकोमा यसपालि बढाएर ५ करोड ३४ लाख रुपैयाँ पुर्‍याएको हो । यसले चालू वर्षको दोस्रो त्रैमाससम्ममा ५६ करोड १ लाख आम्दानी गरेको देखिन्छ । त्यस्तै चन्द्रागिरि हिल्स लिमिटेडको दोस्रो त्रैमाससम्मको नाफा ६ करोड २८ लाख रुपैयाँ पुगेको छ । यो नाफा गतवर्षको सोही अवधिको तुलनामा २२ प्रतिशतले बढी हो । गतवर्ष कम्पनीको दोस्रो त्रैमाससम्मको नाफा ५ करोड १४ लाख रुपैयाँ थियो । चन्द्रागिरिले गत साउनदेखि पुससम्ममा ४५ करोड ७५ लाख आम्दानी गरेको छ ।  त्यस्तै कालिञ्चोक दर्शन लिमिटेड गत आवको दोस्रो त्रैमाससम्ममा ६० लाख ४७ हजार रुपैयाँ नाफामा रहेकोमा चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६४ लाख ३४ हजार रुपैयाँ नाफामा छ । यस कम्पनीको आम्दानी बढेकाले नाफा माथि गएको हो । कालिञ्चोक दर्शनले गत साउन–पुसमा ३ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

सूचीकृत कम्पनीहरूलाई वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको अनुरोध

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरूलाई नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ । नेप्सेले आर्थिक वर्ष २०८०/८१ को धितोपत्रको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको हो । नेप्सेमा सूचीकृत कम्पनीहरूले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) भएको व्यवस्था अनुसार आर्थिक वर्ष २०८०/८१ को धितोपत्रको वार्षिक नविकरण शुल्क बुझाउन नेप्सेले अनुरोध गरेको हो । सूचीकृत कम्पनीहरूले असोज मसान्तसम्म उक्त वार्षिक नवीकरण शुल्क बुझाउनुपर्नेछ । तोकिएको समयभित्र नविकरण शुल्क नबुझाएमा शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने साथै धितोपत्र सूचीकरण स्थगन गर्न सकिने नेप्सेले जनाएको छ । नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये ५० करोड रुपैयाँसम्मको चुक्ता पूँजी भएकाले वार्षिक ५० हजार नवीकरण शुल्क तिर्नुपर्छ । ५० करोड रुपैयाँभन्दा बढी चुक्ता पूँजी भएका कम्पनीले भने वार्षिक १ लाख रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्ने प्रावधान छ ।  त्यस्तै डिबेन्चर र म्युचुअल फण्डहरूले आकारको हिसाबले ५० करोड रुपैयाँसम्म चुक्ता पूँजी भएकाले वार्षिक २५ हजार रुपैयाँ र ५० करोड रुपैयाँभन्दा बढी चुक्ता पूँजी भएकाले वार्षिक ५० हजार रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्छ ।

सेयर बजारमा म्युचुअल फन्डको लगानी २० प्रतिशतले वृद्धि, कुल नाफा कति ?

काठमाडौं । नेप्सेमा सूचीकृत ३५ बन्दमुखी र ७ खुलामुखी गरी जम्मा ४२ वटा म्युचुअल फन्डहरुले जेठ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यसअवधिसम्म आइपुग्दा फन्डहरुले १ अर्ब ४४ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । अघिल्लो महिना यिनीहरुले १ अर्ब १८ करोड ५२ लाख रुपैयाँ नोक्सानी व्यहोरेका थिए । जेठ महिना सेयर […]

पिपुल्स पावर कम्पनीको सेयर नेप्सेमा सूचीकृत

२७ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पिपुल्स पावर कम्पनीको सेयर सूचीकृत भएको छ । कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६३ करोड २६ लाख रुपैयाँ बराबरको ६३ लाख २६ हजार कित्ता सेयर …

निर्जीवन बीमा कम्पनीहरूको कुल नाफा चार सय ६२ करोड

काठमाडौं, भदौ ८। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका १८ निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष (आव) २०७७/७८ मा चार अर्ब ६२ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन्, तीमध्ये नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरूले त्यो बराबरको नाफा कमाएका हुन् । बीमा कम्पनीहरूले हालै […]

निर्जीवन बीमा कम्पनीहरूको कुल नाफा रू. ४६२ करोड

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका १८ निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष (आव) २०७७/७८ मा रू. ४ अर्ब ६२ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन्, तीमध्ये नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरूले त्यो बराबरको नाफा कमाएका हुन् । बीमा कम्पनीहरूले हालै सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । वित्तीय विवरणअनुसार गत आवमा बीमा कम्पनीहरूको नाफा औसत्मा ७ दशमलव ३३ प्रतिशतले बढेको छ । अघिल्लो आवको तुलनामा बीमा कम्पनीहरूको नाफा बढे पनि वृद्धिदर भने खुम्चिएको छ । अघिल्लो आवमा कम्पनीहरूको नाफा १२ दशमलव ४१ प्रतिशतले बढेको थियो । तर, यसपटक भने नाफा वृद्धिदर खुम्चिएर ७ दशमलव ३३ प्रतिशतमा सीमित भएको छ । भारतीय स्वामित्वको नेशनल इन्स्योरेन्स र दि ओरियन्टल इन्स्योरेन्स भने नेप्सेमा सूचीकृत भएका छैनन् । साथै, उनीहरूले वित्तीय विवरण पनि सार्वजनिक गरेका छैनन् । कोरोना महामारीका कारण बीमा व्यवसाय प्रभावित हुँदा नाफा वृद्धिदर खुम्चिएको कम्पनीहरूको भनाइ छ । कोरोना महामारीका बीच नाफा बढ्नुलाई नै सकारात्मक रूपमा लिनुपर्ने उनीहरू बताउँछन् । गत आवमा व्यवसाय सञ्चालनबाट त्यति नाफा कमाउन नसकिएको एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनीलवल्लभ पन्तले बताए । शेयर कारोबारबाट नाफा बढ्न सहयोग पुगेको उनको भनाइ छ । ‘गत आवमा सञ्चालन नाफामा त्यति वृद्धि छैन । कम्पनीहरूले शेयर कारोबारबाट आम्दानी गर्दा कुल नाफामा वृद्धि देखिएको हो,’ उनले भने । बीमांकीय मूल्यांकनपछि भने कम्पनीहरूको नाफा थप बढ्ने बताइएको छ । यसपालि नाफा कमाउने मामलामा नेको इस्योरेन्स अग्र स्थानमा आएको छ । उक्त कम्पनीले रू. ५४ करोड ६ लाख खुद नाफा कमाएर आफूलाई पहिलो स्थानमा ल्याएको छ । नाफा कमाउने मामलामा अघिल्लो आवमा राष्ट्रिय बीमा कम्पनी पहिलो नम्बरमा रहेको थियो । यस्तै, नाफा कमाउने मामिलामा शिखर इन्स्योरेन्स दोस्रो नम्बरमा आएको छ । उक्त कम्पनीले रू. ४७ करोड ५७ लाख नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको सगरमाथाले भने रू. ४५ करोड १५ लाख नाफा कमाएको छ ।

आव ०७३-७४ मा नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय अवस्था - Naya Patrika

एसियनको नाफा ४ करोड २१ लाख आर्थिक वर्ष ०७३-७४ को चौथो त्रैमासमा एसियन लाइफ इन्स्योरेन्स कम्पनीले ४ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक...पूरा पढ्नुहोस् »