तारागाउँ रिजेन्सीको आम्दानीमा सुधार उत्साहजनक, कोरोना संक्रमण घट्दा पर्यटन व्यवसाय सबल

काठमाडौं। कोरोना भाइरसको जोखिम कम हुँदै जाँदा पर्यटन व्यवसायमा परेको सकारात्मक प्रभावसँगै तारागाउँ रिजेन्सी होटल लिमिटेडको नोक्सानी क्रमशः घटेको छ।

सम्बन्धित सामग्री

पाँच महीनामा झन्डै दुई लाख पर्यटक

काठमाडौं । सन् २०२२ को पाँच महीनामा झन्डै दुई लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार गत जनवरीदेखि मेसम्ममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै १ लाख ९० हजार ७३९ विदेशी पर्यटक नेपाल आएका हुन् । मेमा ५३ हजार ६०८ विदेशी हवाईमार्गबाट नेपाल भित्रिएका छन् । अघिल्लो महीना अप्रिलमा ५८ हजार ३८४ पर्यटक हवाईमार्गबाट नेपाल आएको तथ्यांक छ । बोर्डका निर्देशक मणिराज लामिछानेले सन् २०१९ को तुलनामा पर्यटक आगमन करीब ७५ प्रतिशतले रिकभर भएको बताए । उनले पर्यटक बढ्नुमा बंगलादेश र यूरोपको योगदान बढी देखिएको पनि जानकारी दिएका छन् । साढे दुई वर्षअघि शुरू भएको कोरोना महामारीबाट सबैभन्दा बढी पर्यटन व्यवसाय प्रभावित भएको थियो । कोरोनाविरोधी खोप विकास भएर विश्वभर कोरोना संक्रमण कम भएपछि पर्यटकको चहलपहल पुनः बढ्न थालेको छ । रासस

आशा जगाउँदै पर्यटन व्यवसाय

कोरोना भाइरस कोभिड–१९ को कारण विगत दुई वर्षदेखि थला परेको पर्यटन व्यवसाय अहिले आशा जगाउँदै लयमा फर्कन थालेको छ । २०७६ साल चैतको १२ गतेबाट मुलुकमा कोरोना संक्रमण फैलिँदा यस महामारीको नियन्त्रणका लागि भन्दै सरकारले सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा र लकडाउन ग-यो र सम्पूर्ण व्यापार–व्यवसाय बन्द नै भए । यसले गर्दा मुलुकको समग्र अर्थतन्त्रमा नकारात्मक असर […]

कोरोनाले पाहुनाविहीन बने तनहुँका होमस्टे

तनहुँ । सधैं पाहुनाको भीड लाग्ने व्यास नगरपालिका–१३ को आँपस्वाँरा दलित सामुदायिक होमस्टे अहिले पाहुनाविहीन भएको छ । कोरोनाले दुई वर्षदेखि पर्यटन व्यवसाय पुरानो लयमा अझै फर्कन नसकेपछि होमस्टे सञ्चालक मर्कामा परेका छन् । पाहुना नआउँदा होमस्टे सञ्चालक कामविहीन भएका छन् । कोरोना संक्रमण कम हुँदै गएपछि हाल जनजीवन सामान्य लयमा फर्किए पनि पाहुना भने नआएको होमस्टे सञ्चालकको भनाइ छ । पाहुना नआउँदा व्यवसाय ठप्प भएको होमस्टेका सञ्चालकको गुनासो छ । कोरोना संक्रमण उच्च बिन्दुमा पुगेपछि पाहुनाविहीन हुँदा होमस्टे सञ्चालक खेती किसानी गरेर जीविकोपार्जन गरेको बताउँछन् । बास बस्न आएका पाहुनालाई दिइएको सेवाबाट प्राप्त आम्दानीले जीविकोपार्जनमा केही सरलता आइरहेको अवस्थामा कोभिड–१९ सुरु भएसँगै घरबास प्रभावित भएको सञ्चालकहरू बताउँछन् । विपन्न दलित समुदायको आर्थिक अवस्था उकास्न सुरु भएको होमस्टेमा विदेशी पाहुनाको आगमन निकै आशलाग्दो थियो । ०७६ चैतबाट देशव्यापी निषेधाज्ञा सुरु भएपछि पाहुनाविहीन भएको होमस्टे अझै तंग्रिन नसकेको होमस्टे सञ्चालक रेशम विकले बताए । कोरोनाले थलिएको पर्यटन दशैंपछि जुर्मुराउन थालेकामा पुनः ओमिक्रोनले प्रभावित बनेको भानु नगरपालिका–१३ टुटेपानीस्थित टुटेपानी होमस्टे व्यवस्थापन समिति अध्यक्ष होमबहादुर गुरुङले जानकारी दिए । ‘दुई वर्षदेखि सुस्ताएको होमस्टेमा पाहुना भरिएर तंग्रिन्छ कि जस्तो लागेको थियो तर ओमिक्रोन फैलिएपछि पाहुना आउनै पाएनन्,’ अध्यक्ष गुरुङले भने । ग्रामीण पर्यटनको माध्यमबाट आर्थिक अवस्था उकास्न रोजेका गाउँलेलाई दुई वर्षसम्म कोरोनाले थला पारेको गुरुङले बताए । पर्यटक बढेर लय समात्न नपाउँदै फेरि पाहुना आउन छाडेपछि होमस्टे सञ्चालक मर्कामा परेका हुन् । गुरुङ समुदाय बहुल बस्ती टुटेपानीमा ०७२ सालदेखि होमस्टे सञ्चालनमा ल्याइएको हो । ०७५ सालपछि यहाँ आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्दै गएको थियो । बसाइँसराइले सुनसान गाउँ पाहुनाले गुल्जार हुँदै गएपछि गाउँलेहरू उत्साहित बनेका थिए । गाउँमा पर्यटक बढ्न थालेपछि बजार झरेकाहरू गाउँ फर्किएर होमस्टे सञ्चालन गर्दै पाहुनाको स्वागत सत्कारमा व्यस्त भएका थिए । दुई वर्षसम्म कोरोनाले पाहुनाविहिन हुनुपर्दा गाउँ फर्किएर होमस्टेमा लागेकालाई झन् मार परेको गुरुङको भनाइ छ । पूर्वाधार विकासले बामे सर्दै गरेको होमस्टे पाहुनाविहीन हुँदा गति लिन नसकेकाले सञ्चालक मर्कामा परेको उनको बुझाइ छ । यस्तै पीडा चार वर्षअघि सञ्चालन गरेर छोटो समयमा धेरै पाहुना भित्र्याउन सफल भीमाद नगरपालिका–९ भानुमतीको पाथर्दी सामुदायिक होमस्टेका सञ्चालकको छ । यो होमस्टेमा पनि पाहुना घटेका छन् । कोरोनाले थलिएको होमस्टे तंग्रिन नसकेको उनीहरू सुनाउँछन् । व्यावसायिक बोयर बाख्रापालनको अध्ययन अवलोकन गर्न र होमस्टे बस्नलाई हुलका हुल बाँधेर आउने पाहुना घटेर एकाधको संख्यामा झरेको व्यवस्थापन समिति अध्यक्ष शिवकुमार आलेले बताए ।  ‘यहाँका उकाली–ओराली, भन्ज्याङ चौतारी, वन वनस्पति, झरना जताततै पाहुना हुन्थे । अहिले सुनसान बनेको छ,’ अध्यक्ष आलेले भने । हाल ओमिक्रोनको असर घट्दै गएपछि होमस्टे खुला गरिए पनि पाहुना नआएको सञ्चालकको भनाइ छ । गण्डकी प्रदेश सरकारले होमस्टेलाई दिने अनुदान जिल्लाका झन्डै ५० होमस्टेले लिएर पूर्वाधार विकास र प्रवर्द्धन गरेका थिए । अनुदान लिएर सुरु गरेका होमस्टे कोरोनापछि ठप्प छन् । चल्तीका होमस्टे टुटेपानी, रानागाउँ, आँपस्वाँरा, हर्षपुर, पाथर्दी पनि पुरानै अवस्थामा फर्किन सकेका छैनन् । रासस

कोभिड महामारीले पुनः सुस्ताउँदै पर्यटन क्षेत्र

काठमाडौं । कोभिड महामारीको असरबाट विस्तारै लयमा फर्किंदै गरेको नेपालको पर्यटन क्षेत्र कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को त्रासले पुनः सुस्ताउन थालेको छ । पर्यटन क्षेत्रले लय लिँदै गर्दा ओमिक्रोन भेरियन्ट संक्रमण बढेसँगै  पर्यटन क्षेत्र प्रभावित भएको छ । पछिल्ला दिनमा निरन्तर बढिरहेको संक्रमणले व्यवसायी मात्रै होइन, आम सर्वसाधारणलाई चिन्तित तुल्याएको छ । महामारीको प्रतिकूल परिस्थितिका बीच स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटन व्यवसाय चलायमान बनाउन व्यवसायीले माग गरेका छन् । कुल जनसंख्यामध्ये आधाभन्दा बढीले कोभिडविरुद्धको खोप लगाएको र पछिल्लो भेरियन्ट ‘डेल्टा’जस्तो खतरनाक नभएको विज्ञले बताइरहेका छन् । तथापि, नयाँ भेरियन्टले चाँडो संक्रमण फैलने र माघको मध्यतिर अस्पतालमा बिरामीको चाप बढ्ने विज्ञको भनाइ छ । कोभिड संक्रमितको ग्राफ हेर्दा पछिल्ला १० दिनमा अत्यधिक संख्यामा संक्रमित बढेका छन् । पुसको तेस्रो साता झन्डै ३०० हाराहारी संक्रमित रहेकोमा पुस मसान्तसम्म पुग्दा पाँच हजार नाघिसकेको छ । पछिल्ला दिनमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि महामारी नियन्त्रणका लागि सरकारले सरोकारवाला निकायसँग छलफल गरिरहेको छ । यसै सन्दर्भमा पर्यटन क्षेत्रका व्यवसायीले स्वास्थ्य मापदण्डको पालना गरेर व्यवसायलाई निरन्तरता दिन माग गरेका हुन् । साथै उनीहरूले कोरोना संक्रमण भन्दै हठात् लकडाउन गर्ने जस्ता कार्यक्रमले विगतमा पर्यटन धराशयी भएको भन्दै त्यस्ता निर्णय नगर्न पनि सरकारसँग अनुरोध गरेका छन् । संक्रमण बढ्दै जाँदा सचेतना अपनाउने तथा खोपलाई प्रभावकारी बनाउँदै पर्यटनलाई चलायमान बनाउनुपर्ने व्यवसायीको सुझाव छ ।      होटल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर व्यवसायलाई निरन्तरता दिनुपर्ने बताए । ‘संक्रमण बढे पनि एक्कासि बन्दाबन्दी गर्नु हुँदैन । मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न दिनुपर्छ, अत्यधिक संक्रमण बढेका विश्वका अन्य मुलुकले पनि यही अभ्यास गरिरहेका छन्,’ उनले भने । स्वास्थ्य र आर्थिक क्षेत्रलाई कसरी अघि बढाउने भन्ने सम्बन्धमा सरकार र निजीक्षेत्रको समन्वयका साथ प्रभावकारी कदम अविलम्ब अघि बढाइनुपर्ने उपाध्यक्ष शाहको भनाइ छ । महामारीको त्रासले होटल क्षेत्र पनि सुनसान जस्तै छन् । विदेशी पर्यटक उल्लेख्य मात्रामा नआउँदा होटल खोल्ने र पाहुना कुर्नुपर्ने अवस्था मात्रै भएको एयरपोर्ट होटलका सञ्चालक समेत रहेका उपाध्यक्ष शाहले बताए । ‘होटल व्यसाय सुस्त छ, व्यापार छैन, होटल खोलेर के गर्नु मानिसमा अन्योल छ,’ उनले भने । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईंले कोभिडविरुद्ध बुस्टर खोप बढाउन र स्वास्थ्य मापदण्डको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनुको विकल्प नरहेको बताए । कोभिड–१९ का अघिल्लो लहरजस्तो यो पटकको भेरियन्ट बढी घातक नभएको विज्ञले बताइरहेको र खोपको मात्रा बढेर स्वास्थ्य मापदण्डको पालनामा पनि विशेष ध्यान दिइरहेको अवस्था भएकाले तत्कालै बन्दाबन्दीमा नगरेर पर्यटन क्षेत्रलाई सञ्चालन गरिनुपर्ने नेपाल पर्वतारोहण संघ (एनएमए)का महासविच कुलबहादुर गुरुङले बताए । उनका अनुसार योपटक वसन्तकालीन पर्वतारोहणका लागि बुकिङ राम्रो छ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खोमबहादुर सुवेदीले महामारीबाट सतर्कता अपनाएर व्यवसायलाई चलायमान बनाउन सरकार र निजीक्षेत्रले प्रभावकारी कार्ययोजनाका साथ काम गर्नुपर्ने खाँचो औंल्याए । यस्तै प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बडुवालले कोभिडको नयाँ भेरियन्टले पर्यटन क्षेत्रलाई त्रसित बनाएको र व्यवसायलाई कसरी सञ्चलन गर्ने भन्नेबारे सरकार र निजी क्षेत्रको समन्वय र सहकार्य जरुरी भएको बताए । पर्यटन व्यवसायी विजय अमात्यले कोभिडको अवस्था हेरेर पर्यटन प्रवर्द्धनको रणनीति परिवर्तन गर्न सुझाव दिए । यस्तै एक्सपिडिसन अपरेटर एशोसिएशनका अध्यक्ष डम्बर पराजुलीले पर्यटकलाई बोलाउने तर नेपाल आइसकेपछि समस्या नपर्ने खालले मापदण्ड बनाउनुपर्ने सुझाए । रासस

भारतीय सवारीमा रोक लगाउँदा सीमा क्षेत्रका होटल व्यवसाय संकटमा

वीरगन्ज-कोरोना संक्रमण महामारीमा बन्द गरिएको सीमा नाकामा भारतीय सवारी साधानहरुलाई रोक लगाउन नेपालको होटल तथा पर्यटन व्यवसाय धरासायी बन्दै गएको छ ।कोरोना महामारीमा सबैभन्दा बढी पभावित भएको होटल तथा पर्यटन क्षेत्र अझैपनि लयमा फर्किन सकेको छैन । ६० देखि ७० प्रतिशत भारतीय पर्यटकहरुमा निर्भर रहेको सीमाक्षेत्रका होटल तथा पर्यटन व्यावसायीहरु दुई पटको कोरोना लहरमा गरिएको […]

लयमा नफर्किंदै व्यवसाय बन्द हुने चिन्ता

महेन्द्रनगर । कोरोनाको दोस्रो लहरको संक्रमणपछि व्यवसाय लय फर्किंदै गरेकोमा पुनः तेस्रो लहरको त्रासले कञ्चनपुरका व्यवसायी चिन्तित बनेका छन् । उद्योग व्यवसाय पूर्ववत् अवस्थामा फर्किन नपाउँदै तेस्रो लहरको संकेतले व्यवसायीमा चिन्ता थपेको हो । कोरोना संक्रमणका कारण व्यवसाय धराशयी बनेको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले बताए । उनका अनुसार पहिलो र दोस्रो लहरको कोरोना संक्रमणले जिल्लाको आर्थिक क्षेत्र नराम्ररी थलिएको छ । लामो समयसम्म गरिएको निषेधाज्ञाले ठप्पप्रायः भएको व्यवसाय लयमा फर्किन सकेको छैन । कोरोनाको दोस्रो लहरको संक्रमणपछि व्यवसाय सञ्चालन हुन थाले पनि तेस्रो लहरको जोखिमले झनै चिन्ता बढाएको मल्लले बताए । ‘कोरोना संक्रमण कम हुन थालेपछि व्यवसाय सुचारु हुन थालेका थिए,’ उनले भने, ‘विज्ञहरूले कोरोना संक्रमणको तेस्रो लहर आउने भनिसकेका छन्, लकडाउनमा पनि कडाइ हुन थालेको छ, यसले आम व्यवसायी थप संकटमा पर्ने देखिएको छ ।’ कोरोनाले थलिएका व्यवसायको पुनरुत्थानका लागि सरकारबाट अपेक्षाकृत रूपमा नीति तथा कार्याक्रम आउन नसकेको अध्यक्ष मल्लको गुनासो छ । सरकारले व्यवसायीका लागि सहुलियत ब्याजदरमा ऋण, विगतमा लिएको ऋणको ब्याज छूट तथा किस्ताको समयावधि थप लगायत सुविधा दिनुपर्ने उनले बताए । होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदीशचन्द्र भट्टले कोरोना संक्रमणको मुख्य चेपेटामा होटेल र पर्यटन व्यवसाय परेको बताए । कोरोना संक्रमणका बेला गरिएको लकडाउन तथा निषेधाज्ञाले थलिएको व्यवसाय लयमा फर्किन लाग्दा पुनः बन्द गर्नुपर्ने चिन्ता थपिएको उनको गुनासो छ । ‘लकडाउनले थलिएको व्यवसाय शुरू हुन लागेको छ, अहिले व्यवसायीले सञ्चालन खर्च जेनतेन उठाइरहेका छन्,’ उनले भने, ‘कोरोनाको तेस्रो लहर आउने भनिएको छ, यसको नियन्त्रणका लागि भन्दै लकडाउन, निषेधाज्ञा लगाइँदा व्यवसाय पुनः ठप्प हुने चिन्ता छ ।’ होटल व्यवसायी महासंघका पर्यटन सचिव प्रमानन्द भण्डारीले कोरोनाका कारण व्यवसाय थला परेको बताए । कोरोनाको दोस्रो लहरपछि सञ्चालन हुन लागेका व्यवसायलाई तेस्रो लहरको जाखिमले थप समस्या पार्ने उनको भनाइ छ । ‘पहिलो लहरपछि व्यवसाय पुनर्जीवित हुने आशा थियो, दोस्रो लहरले व्यवसाय नै धराशयी बनाएको छ,’ उनले भने, ‘तेस्रो लहर पनि छिट्टै आउने भनिएको छ । फेरि लकडाउन भयो भने व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आउन सक्छ ।’   १० प्रतिशत सवारीसाधन मात्र सञ्चालन कोरोना संक्रमणको दोस्रो लहरपछि खुलेको सार्वजनिक यातायातका साधानले यात्रु पाउन सकेका छैनन् । संक्रमणको जाखिमका कारण यात्रुको आवतजावत कम भएपछि सार्वजनिक सवारीसाधनले छोटो तथा लामो दूरीका यात्रु पाउन नसकेका हुन् । महाकाली यातायात प्रालिका अध्यक्ष डम्बरराज पन्तले कोरोना महामारीको प्रत्यक्ष असर यातायात व्यवसायीलाई परेको बताए । उनका अनुसार पहिलो र दोस्रो लहरको संक्रमणका बेला जारी गरिएको लकडाउन तथा निषेधाज्ञाले व्यवसाय ठप्प हुँदा व्यवसायी मारमा परेका छन् । पछिल्लो समय सरकारले सार्वजनिक सवारीसाधन चलाउन दिने निर्णयसँगै यातायात सञ्चालनमा आए पनि यात्रु नै नभएको उनले बताए । उनका अनुसार अहिले महाकाली यातायात प्रालिका १० प्रतिशत मात्रै सवारीसाधन चलेका छन् । यातायात नचल्दा व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएकाले सरकारले न्यूनतम ब्याजमा ऋण उपलब्ध गराउनुपने उनको भनाइ छ । ‘लामो समयदेखि थन्किएका सवारीसाधनमा खिया लाग्न थालेको छ, मर्मत नगरी चलाउन सकिने अवस्था छैन,’ उनले भने, ‘बैंकको किस्ता तिर्न पनि मुश्किल भइरहेको छ ।’

निषेधाज्ञाले सुस्तायो लमजुङको पर्यटन

लमजुङ । कोरोना कहरको पहिलो लहर सकिएपछि लय लिन थालेको पर्यटन व्यवसाय पुनः सुस्ताएको छ । लमजुङमा कोरोनाले थला पारेको पर्यटनले लय लिन नपाउँदै संक्रमणको दोस्रो लहरका कारण पुनः सुस्ताएको हो ।      जिल्लामा रहेको क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँ, बेंसीसहर नगरपालिका–३ काउलेपानी, राइनास नगरपालिका–९ राइनासकोट, मस्र्याङ्दी गाउँपालिका–३ सिउरुङलगायत घरबास तथा पर्यटकीय स्थलमा कोरोना संक्रमणका कारण यतिबेला सुनसान बनेका छन् । यसअघि पहिलो चरणको कोरोनाले प्रभावित बनेको सो क्षेत्रमा तीन/चार महिनादेखि  पर्यटक आगमन भएर विस्तारै लय समाउँदै गरेको अवस्थामा पुनः दोस्रो चरणको महामारीका कारण पर्यटन व्यवसाय ठप्प भएको छ ।    घलेगाउँमा २०७६ चैत ११ गतेदेखि भदौ तेस्रो सातासम्म ठप्प रहेको घरबास विस्तार खुल्न थालेका थिए । दोस्रो चरणको कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा हुनु केही दिनअघि दैनिक ५०० जना हाराहारी आन्तरिक पर्यटक आउने गरेका थिए । तर, पुनः कोरोना जोखिम बढेसँगै पर्यटन क्षेत्र बन्द हुँदा घरबास सञ्चालक तथा पर्यटन व्यवसायीले घाटा सहनुपरेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका सचिव उमल विकले बताए । उनले भने, ‘हामीले यतिका समय पर्यटन व्यवसाय थला परे पनि  अब त विगतकै लयमा फर्किने सोचेका थियौं तर कोभिडकै कारण त्यसो भएन ।’ घलेगाउँका घरबास सञ्चालहरूको मुख्य आम्दानीकै स्रोत पर्यटन रहेकाले निषेधाज्ञाका कारण पर्यटक आगमन ठप्प हुँदा परिवारको गुजारा चलाउन समस्या पर्ने घलेगाउँ घरबास सञ्चालक तथा पर्यटन व्यवसायी दीर्घराज घले बताउँछन् ।      पर्यटक चहलपहल हुँदा यहाँका प्रत्येक घरबास सञ्चालकले मासिक कम्तीमा पनि ५०/६० हजार रुपैयाँ आम्दानी गर्दै आएका थिए । कोरोनाका कारण पर्यटक नै नआएपछि आम्दानी गर्ने बाटो बन्द हुँदा पर्यटन व्यवसायीको लगानी जोखिममा परेको छ । २०५७ बाट सञ्चालनमा आएको यो घरबासमा यतिबेला ३७ घर छन् । घरबासमा पुगेका पर्यटकका लागि सत्कारसँगै आप्mना कला, संस्कृति जोगाइराख्न जुटेका गुरुङसेनीहरुको जातीय पहिचानसहित कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गालगायत लोपोन्मुख सांस्कृति नृत्यसमेत प्रस्तुत हुने गरेको थियो । ०६२/६३ को जनआन्दोलनपछि गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्री स्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमुना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो । घलेगाउँ समुद्री सतहदेखि २ हजार १०० मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण नेपाल आदिवासी जनजातिमध्ये गुरुङहरूको उद्गम थलो तथा घले राजाले अन्तिम राज्य सञ्चालन गरेको गाउँसमेत हो । घलेगाउँबाट ६९८६ मिटर उचाइको लमजुङ हिमाल, ७९३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो), ६९६३ मिटर उचाइको माछापुच्छे« हिमाल, ८१६३ मिटर उचाइको मनास्लु हिमाल, ७८९३ मिटर उचाइको हिमालचुली, ७८३५ मिटरमा रहेको ङादीचुली (डा. हर्क हिमाल) र ६६७२ मिटर उचाइको बुद्व हिमाल आँखै अगाडि देख्न सकिन्छ ।      निषेधाज्ञाअघि दैनिक डेढ जनासम्म पर्यटक आउने गरेकामा अहिले ठप्प भएको काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष देवबहादुर गुरुङले जानकारी दिए । रासस

नयाँ वर्षमा पनि पर्यटक नआउँदा व्यवसायी निराश

चितवन । गतवर्ष कोरोनाका कारण पर्यटन क्षेत्र पूर्णरूपमा बन्द भए पनि यो नयाँ वर्षमा पर्यटक आगमन बढ्ने अपेक्षा गरेका चितवनका पर्यटन व्यवसायी निराश बनेका छन् । अंग्रेजी नयाँ वर्षमा जस्तै नेपाली नयाँ वर्षमा पनि पर्यटक आगमन उत्साहप्रद हुने आशा गरेका व्यवसायी पर्यटक नआउँदा निराश बनेका बनेका हुन् । केही समय अघिसम्म गति लिन लिन थालेको जिल्लाको पर्यटन व्यवसाय कोरोनाको दोस्रो लहर शुरू भएसँगै पुनः सुस्ताएको छ । होटलहरूमा यसअघि नै भएका बुकिङ समेत कोरोना त्रासकै कारण रद्द भएको व्यवसायीले बताएका छन् । जिल्लाका सौराहा, पटिहानी र मेघौली लगायत प्रमुख पर्यटकीय क्षेत्रमा अंग्रेजी नयाँ वर्षमा उत्साहप्रद रूपमा भएको पर्यटक आगमन नेपाली नयाँ वर्षमा निकै घट्यो । भरतपुर महानगरपालिका–२२ को कसरा रिसोर्टका जनसम्पर्क अधिकृत सागर पौडेलले नयाँ वर्षमा पर्यटक आगमन शून्यप्रायः रहेको बताए । ‘गतवर्षलाई छाडेर अघिल्ला वर्षहरूमा एक हप्ताअघिखि नै सबै रूम बुकिङ भइसक्थे, सेवा दिन भ्याइनभ्याइ हुन्थ्यो,’ उनले भने, ‘अहिलेको नेपाली नयाँ वर्षमा पहिले नै भएका बुकिङ समेत क्यान्सिल भए ।’ केही दिन अघिसम्म राम्रै चहलपहल देखिन थालेको पर्यटन व्यवसाय कोरोना संक्रमण र मृत्युदर बढेसँगै प्रभावित बन्न पुगेको हो । नारायणगढ र रत्ननगरमा होटल सञ्चालन गर्दै आएका नेपाल पर्यटन व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुके पछिल्लो हप्ता पर्यटकीय चहलपहल घट्न थालेको बताउँछन् । ‘एक त सरकारले कोरोनाविरुद्ध सचेतना अपनाउन अनुरोध गरेको छ,’ उनले भने, ‘अर्कोतिर यही त्रासका कारण मानिस बाहिर निस्कन कम गर्न थाले ।’ अघिल्ला वर्षहरूमा चितवनमा काठमाडौं, पोखरा लगायत शहरबाट उल्लेख्य आन्तरिक पर्यटक आए पनि यसपटक ती ठाउँबाट नआएको उनले बताए । उनका अनुसार राति ९ बजे होटल, रेष्टुराँ बन्द हुने भन्ने हल्लाका कारण पनि पर्यटक होटल÷रेष्टुराँमा निकै कम आएका हुन् । यतिबेला चितवनको प्रमुख पर्यटकीय स्थल सौराहा सुनसान जस्तै देखिएको छ । नयाँ वर्षको अघिल्लो दिनको रात केही रेष्टुराँ र पबहरूमा आन्तरिक पर्यटकको उपस्थिति बाक्लै देखिए पनि होटलमा भने पर्यटकको न्यून उपस्थिति थियो । जंगल सफारी लज सौराहाका निर्देशक सुमन घिमिरेले नयाँ वर्षको अघिल्लो दिनदेखि पर्यटक आए पनि अधिकांश पर्यटक स्थानीय भएकाले व्यवसाय खासै नभएको बताए । ‘यो नयाँ वर्षमा अन्य जिल्लाका पर्यटक आउन सकेनन् । बाह्य पर्यटक पनि शून्य बराबर नै छ,’ उनले भने । खर्च गर्ने पर्यटक नहुँदा आगमन बाक्लो भए पनि यसले व्यवसाय बढ्न नसक्ने उनको भनाइ छ । ‘अघिल्ला वर्षहरूमा नयाँ वर्ष आउन १ महीना अघिदेखि नै रूमहरू प्याक हुन्थ्यो, हात्ती सफारी, जीप सफारीका लागि पनि भरिभराउ हुन्थे,’ उनले भने, ‘यसपालि त्यस्तो माहोल बन्न सकेन,’ क्षत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले भने । ६ महीना अघिदेखि नै पर्यटन व्यवसाय पूर्णरूपमा खुलेर सेवा दिँदै आए पनि हालसम्म नोक्सान बेहोर्नुपरेको भन्दै भट्टराईले  बाह्य पर्यटक नआएसम्म व्यवसाय नउकासिने बताए । यस्तै अवस्था रहे पर्यटन व्यवसाय पुनः बन्द गर्नुपर्ने अवस्था आउन सक्ने व्यवसायीको अनुमान छ ।

लयमा फर्कँदै पर्यटन व्यवसाय, नेपाल आउने पर्यटक बढे

नेपालमा कोरोना संक्रमण कम भएसँगै विदेशी पर्यटक नेपालमा आउने क्रम बढ्न थालेको छ । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्याङ्कमा फेब्रुअरी महिनामा नेपालमा आउने विदेशीको संख्या वृद्वि हो । यस महिनामा विभिन्न देशबाट नौ हजार १४६ जना विदेशी नेपाल आएकोमा छहजार ८८९ जना आफ्नो देशमा फिर्ता भएका छन् । यसअघि कोरोनाको महामारीमा नेपाल आउने भन्दा आफ्नो देश फर्कन अवस्था थियो । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीका अनुसार विदेशी पर्यटकको आगमन धेरै नभए तापनि विस्तारै पर्यटकको आगमन बढ्दै गएको बताउनुहुन्छ । हाल पर्यटक आउने ऋतु सुरु भए तापनि नेपालमा क्वारेन्टाइनको व्यवस्थाका कारण पर्यटकहरु नेपाल आउन नचाहेको बताउँदै अध्यक्ष सुवेदीले भन्नुभयो ‘क्वारेन्टाइनको व्यवस्था हटाए भने यो भन्दा धेरै गुणामा पर्यटकको आगमन हुन्छ ।’

'परिवारका लागि खर्च चाहियो' भन्दै पर्यटन मजदुर उत्रिए आन्दोलनमा

काठमाडौंको प्रदर्शनीमार्गमा रहेको नेपाल पर्यटन विभागअगाडि पर्यटन मजदुरहरुले प्रदर्शन गरेका छन्। पछिल्लो समय कोरोना संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउन र निषेधाज्ञाका कारण पर्यटन व्यवसाय ठप्प रहेको छ। यसै कारण मजदुरहरु मारमा परेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्। प्रदर्शनमा उनीहरुले 'निड मनी फर माइ फेमेली', 'भोकले मर्नुभन्दा रोगले मर्दा