देशबाहिर विद्युत विक्री सुरु

काठमाडौं, १७ कात्तिक । नेपालले आजबाट देशबाहिर विद्युत विक्री थालेको छ । भारतलाई विद्युत विक्री गरेर निर्यात थालेको हो । मध्यरातबाट ३९ मेगावाट विद्युत विक्री थालेको हो । यसबाट दैनिक करोडौं आर्जन हुन थालेको छ । नेपालले पहिलोपटक भारतमा विद्युत निर्यातको अनुमती पाएको हो । यसअघि भारतमा विद्युत आदान प्रदानको मात्रै स्वीकृत प्रदान थियो । […]

सम्बन्धित सामग्री

विद्युत विक्री आम्दानी बढेसँगै भूगोल इनर्जीको नोक्सानी घट्यो

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड १ करोड १४ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म ३ करोड ९९ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष २ करोड ८४ लाख रूपैयाँभन्दा बढीले नोक्सानी घटाएको हो । यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी बढेसँगै कम्पनीको नोक्सानी घटेको हो । गत वर्ष यस अवधिसम्म १ करोड ७१ लाख रूपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष ३ करोड ७१ लाख रूपैयाँभन्दा बढी यो आम्दानी गरेको हो । विक्री खर्च पनि यस वर्ष बढेको छ । गत वर्ष ५ लाख ३९ हजार रूपैयाँभन्दा बढी विद्युत विक्री खर्च गरेको कम्पनीले यस वर्ष ९ लाख ३६ हजार रूपैयाँभन्दा बढी यो खर्च गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ५४ करोड ४० लाख ५३ हजार रूपैयाँ रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम २१ करोड ६८ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । दिर्घकालिन कर्जा ५३ करोड १५ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालिन कर्जा भने २० लाख रूपैयाँ छ । वार्षिक प्रतिशेयर २ रूपैयाँ प्रतिशेयर नोक्सानीका रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ६० रूपैयाँ १४ पैसा रहेको छ । रिपाेट हेर्न यहाँ क्लिक गर्नुहाेस

शिवश्री हाइड्रोको पहिलो त्रैमाससम्मको विद्युत विक्री आम्दानी १७ करोडभन्दा बढी

काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले पहिलो त्रैमाससम्म विद्युत विक्रीबाट १७ करोड १० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले विद्युत विक्रीबाट १५ करोड ५० लाख रुपैयाँभन्दा बढी मात्र आम्दानी गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीले १ करोड ५९ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको हो । विद्युत विक्री आम्दानी बढेसँगै कम्पनीको खुद नोक्सानीमा पनि ७२ लाख ३५ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष यस अवधिसम्म कम्पनी ३ करोड ४८ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको थियो । यस वर्ष कम्पनीको वित्तीय खर्च पनि कम भएको छ । गत वर्ष १२ करोड ५७ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष १० कोड ८५ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ छ । जगेडा कोष रकम भने ८८ करोड ७० लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । दीर्घकालीन कर्जा ३ अर्ब ८८ करोड ४४ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा भने १३ करोड रुपैयाँभन्दा बढी छ । सिन्धुपाल्चोक जिल्लामा २२ दशमलव २ मेगावाट क्षमताको माथिल्लो चाकु ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरी कम्पनीले २०७८ जेठ १ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनी १ रुपैयाँ ९६ पैसा प्रतिशेयर नोक्सानीमा छ भने प्रतिशेयर नेटवर्थ ३९ रुपैयाँ ९२ पैसा छ । रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

करीब ५७ प्रतिशत विद्युत विक्री घट्दा रिडी पावर नोक्सानीमा

काठमाडौं । रिडी पावर कम्पनी यस वर्ष ४ करोड ७५ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा गएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले १ करोड ४४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी करीब ५७ प्रतिशत कम हुँदा कम्पनी नोक्सानीमा गएको हो । गत वर्ष ९ करोड २९ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष ४ करोड २ लाख रुपैयाँभन्दा बढी मात्र यो आम्दानी गरेको हो ।  यस त्रैमाससम्म बाढीका कारणबाट क्षतिग्रस्त भई इवा खोला जलविद्युत आयोजनाबाट आम्दानी हुन नसक्दा यो वर्ष कम्पनीको विद्युत विक्री आम्दानी घटेको हो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार रुपैयाँ छ । क्यापिटल रिजर्भ ६ करोड ६९ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम ३ करोड रुपैयाँभन्दा बढी ऋणात्मक छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको कर्जामा भने कमी आएको छ । गत वर्ष ३ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी रहेको कर्जा रकम यस वर्ष ३ अर्ब २९ करोड रुपैयाँभन्दा बढी कायम भएको हो । वार्षिक ७७ पैसा प्रतिशेयर नोक्सानीमा रहेको यस कम्पनीको प्रतिशेयर नेटवर्थ भने १०२ रुपैयाँ ३८ पैसा रहेको छ । पहिलो त्रैमासमा बैंकको ब्याज वृद्धि हुँदा खुद आम्दानीमा कमी आएको कम्पनीले जानकारी दिएको छ । आगामी दिनमा ब्याज खर्चमा कमी आउँदा नाफामा सुधार हुने कम्पनीले अपेक्षा गरेको छ ।

पहिलो त्रैमाससम्म सानिमा माई हाइड्रोपावरको विद्युत विक्री आम्दानी करीब ३३ करोड

काठमाडौं । चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमाससम्म सानिमा माई हाइड्रोपावर लिमिटेडले ३२ करोड ९८ लाख रुपैयाँभन्दा बढीको विद्युत विक्री गरेको छ । गत वर्षको पहिलो त्रैमाससम्म ३२ करोड १७ लाख रुपैयाँभन्दा बढीको विद्युत विक्री गरेको कम्पनीले यस वर्ष साढे २ प्रतिशत बढीको विद्युत विक्री गरेको हो । कम्पनीको खुद नाफा करीब ६ प्रतिशत बढेको छ । गत वर्ष २३ करोड २४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष २४ करोड ६२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा करीब ६ प्रतिशत बढेको हो । यस वर्ष कम्पनीको वित्तीय खर्च साढे १९ प्रतिशत घटेको छ । गत वर्ष ३ करोड ३२ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष २ करोड ६७ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँ छ । रिटेण्ड अर्निङ १ अर्ब ४२ करोड ४२ लाख रुपैयाँभन्दा बढी छ भने अन्य जगेडा ५५ करोड ७९ लाख रुपैयाँभन्दा बढी छ । कुल दायित्व १ अर्ब ४८ करोड रुपैयाँ रहेको छ भने कुल सम्पत्ति ६ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी छ । प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९७ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ १७ पैसा छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

सामलिङ पावरको विद्युत विक्री आम्दानी बढे पनि २ करोड ७८ लाख नोक्सानीमा

काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको विद्युत विक्री आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ९३ दशमलव ४६ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीले विद्युत विक्रीबापत रू. १३ करोड ४५ लाख आम्दानी गरेकोमा गत आवमा बढेर रू. २६ करोड २ लाख पुगेको हो ।  गत आवमा विद्युत विक्री आम्दानीमा वृद्धि भए पनि कम्पनी भने रू. २ करोड ७८ लाख नोक्सानीमा छ । गत आवमा कम्पनीको वित्तीय खर्च बढेकाले नोक्सानीमा गएको हो । अघिल्लो आवमा कम्पनीको वित्तीय खर्च रू. १२ करोड ३३ लाख रहेकोमा गत आवमा रू. १७ करोड ७९ लाख पुगेको हो ।  अघिल्लो आवमा पनि कम्पनी रू. ६ करोड २० लाख नोक्सानीमा थियो । यस आधारमा अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको नोक्सानी केही घटेको छ ।  कम्पनीको नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी ३ रुपैयाँ २८ पैसा ऋणात्मक छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ११२ दशमलव ४१ रहेको हो । कम्पनीको चुक्ता पूँजी रू. ५० करोड छ । कम्पनीले जगेडामा रू. ६ करोड २० लाख सञ्चिति गरेको हो । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

विद्युत विक्री आम्दानी घटेसँगै अपि पावरको नाफामा कमी

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको खुद नाफा गत वर्ष ९३ दशमलव ५९ प्रतिशत कम भएको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म १० करोड ६१ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष सोही अवधिसम्म ६८ लाख रुपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको हो ।  गत वर्ष कम्पनीको विद्युत विक्री आम्दानी १३ दशमलव ८७ प्रतिशत कम अर्थात् ४४ करोड ६६ लाख रुपैयाँभन्दा बढी मात्र भएको छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले ५१ करोड ८५ लाख रुपैयाँभन्दा बढीको विद्युत विक्री गरेको थियो ।  कम्पनीको कुल खर्च अघिल्लो वर्षभन्दा करीब १० प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष ३२ करोड ९६ लाख रुपैयाँभन्दा बढी कुल खर्च भएको कम्पनीको गत वर्ष ३६ करोड २१ लाख रुपैयाँभन्दा बढी कुल खर्च भएको हो ।  हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँ छ भने अदर इक्वीटीमा १६ करोड २२ लाख रुपैयाँभन्दा बढी कायम छ । वार्षिक प्रतिशेयर आम्दानी १६ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ९३ पैसा छ ।

युनाइटेड मोदी हाइड्रोपावरको विद्युत विक्री आम्दानी २२.९२ प्रतिशत बढ्यो

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको विद्युत विक्री आम्दानी गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २२ दशमलव ९२ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले विद्युत विक्री बापत रू. १८ करोड १३ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. २२ करोड २९ लाख पुगेको हो ।  कम्पनीको विद्युत विक्री आम्दानी बढेपनि खुद नाफा भने गत आवको तुलनामा चालू आवमा ६२ दशमलव ३५ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. २ करोड ७४ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू. १ करोड ३ लाखमा झरेको छ । चालू आवमा कम्पनीको वित्तीय खर्चमा वृद्धि भएकाले नाफा घटेको हो । गत आवमा कम्पनीको वित्तीय खर्च रू. ६ करोड ८० लाख रहेकोमा चालू आवमा बढेर रू. ९ करोड ११ लाख पुगेको छ ।  चुक्ता पूँजी रू. १ अर्ब १५ करोड रहेको कम्पनीले जगेडामा रू. १० करोड १९ लाख सञ्चिती गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. शून्य दशमलव ९० ,तरलता अनुपात शून्य दशमलव ९१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १०८ दशमलव ८६ रहेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस

विद्युत विक्री आम्दानी बढेसँगै माउन्टेन इनर्जी नेपालको नाफामा उल्लेख्य वृद्धि

वैशाख २३, काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७५४ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. ४ करोड ९९ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. ४२ करोड ६९ लाख पुगेको हो । चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानीमा वृद्धि भएसँगै खुद नाफा बढेको हो । विद्युत विक्री आम्दानी गत आवको तुलनामा चालू आवमा ८०४ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा विद्युत विक्री बापत रू. ९ करोड ४३ लाख आम्दानी भएकोमा चालू आवमा बढेर रू. ८५ करोड २६ लाख पुगेको हो । कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ९६ करोड रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ८२ करोड ८९ लाख सञ्चित गरेको हो । चालू आवमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आवमा  कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशमलव ८३ रहेकोमा चालू आवमा बढेर रू. २१ दशमलव ७० पुगेको हो । त्यसैगरी सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ३६ दशमलव ४७ गुणा र प्रतिशेयर नेटवर्थ रू. १४२ दशमलव १२ रहेको  छ ।

मध्यरातबाट नेपालले भारतलाई पहिलोपटक विद्युत विक्री गर्दै

काठमाडौं, १६ कात्तिक । नेपालले भारतलाई विद्युत विक्री गर्न सक्ने भएको छ । नेपालले पहिलोपटक भारतमा विद्युत निर्यातको अनुमती पाएपछि विक्री गर्न सक्ने भएको हो । विदेशमा विद्युत निर्यात गरेर नेपालले पहिलोपटक विदेशी मुद्रा आर्जन गर्ने भएकोले ऐतिहासिक दिन पनि हुने भएको छ । यसअघि भारतमा विद्युत आदान प्रदानको मात्रै स्वीकृत प्रदान थियो । भारतले […]