काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको खुद नाफा गत वर्ष ९३ दशमलव ५९ प्रतिशत कम भएको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म १० करोड ६१ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष सोही अवधिसम्म ६८ लाख रुपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको हो ।
गत वर्ष कम्पनीको विद्युत विक्री आम्दानी १३ दशमलव ८७ प्रतिशत कम अर्थात् ४४ करोड ६६ लाख रुपैयाँभन्दा बढी मात्र भएको छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले ५१ करोड ८५ लाख रुपैयाँभन्दा बढीको विद्युत विक्री गरेको थियो ।
कम्पनीको कुल खर्च अघिल्लो वर्षभन्दा करीब १० प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष ३२ करोड ९६ लाख रुपैयाँभन्दा बढी कुल खर्च भएको कम्पनीको गत वर्ष ३६ करोड २१ लाख रुपैयाँभन्दा बढी कुल खर्च भएको हो ।
हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँ छ भने अदर इक्वीटीमा १६ करोड २२ लाख रुपैयाँभन्दा बढी कायम छ । वार्षिक प्रतिशेयर आम्दानी १६ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ९३ पैसा छ ।