युनाइटेड मोदी हाइड्रोपावरको विद्युत विक्री आम्दानी २२.९२ प्रतिशत बढ्यो

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको विद्युत विक्री आम्दानी गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २२ दशमलव ९२ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले विद्युत विक्री बापत रू. १८ करोड १३ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. २२ करोड २९ लाख पुगेको हो ।  कम्पनीको विद्युत विक्री आम्दानी बढेपनि खुद नाफा भने गत आवको तुलनामा चालू आवमा ६२ दशमलव ३५ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. २ करोड ७४ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू. १ करोड ३ लाखमा झरेको छ । चालू आवमा कम्पनीको वित्तीय खर्चमा वृद्धि भएकाले नाफा घटेको हो । गत आवमा कम्पनीको वित्तीय खर्च रू. ६ करोड ८० लाख रहेकोमा चालू आवमा बढेर रू. ९ करोड ११ लाख पुगेको छ ।  चुक्ता पूँजी रू. १ अर्ब १५ करोड रहेको कम्पनीले जगेडामा रू. १० करोड १९ लाख सञ्चिती गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. शून्य दशमलव ९० ,तरलता अनुपात शून्य दशमलव ९१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १०८ दशमलव ८६ रहेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस 

सम्बन्धित सामग्री

युनाइटेड मोदी हाइड्रोपावरको नाफा ११४ प्रतिशत बढ्यो

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ११४ दशलमव ५४ प्रतिशत वृद्धि भएको छ ।  अघिल्लो आवमा कम्पनीले रू. १ करोड ४५ लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. ३ करोड १२ लाख पुगेको हो । गत आवमा कम्पनीको विद्युत विक्री आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । अघिल्लो आवमा कम्पनीले विद्युत विक्रीबापत रू. २५ करोड ३९ लाख आम्दानी गरेकोमा गत आवमा बढेर रू. २९ करोड ४८ लाख पुगेको हो ।  कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब २३ करोड छ । कम्पनीले जगेडामा रू. ३ करोड ८० लाख सञ्चिति गरेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशलमव ५४, तरलता अनुपात १ दशमलव ८६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १०३ दशमलव ०९ छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्