पहिलो त्रैमाससम्म सानिमा माई हाइड्रोपावरको विद्युत विक्री आम्दानी करीब ३३ करोड

काठमाडौं । चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमाससम्म सानिमा माई हाइड्रोपावर लिमिटेडले ३२ करोड ९८ लाख रुपैयाँभन्दा बढीको विद्युत विक्री गरेको छ । गत वर्षको पहिलो त्रैमाससम्म ३२ करोड १७ लाख रुपैयाँभन्दा बढीको विद्युत विक्री गरेको कम्पनीले यस वर्ष साढे २ प्रतिशत बढीको विद्युत विक्री गरेको हो । कम्पनीको खुद नाफा करीब ६ प्रतिशत बढेको छ । गत वर्ष २३ करोड २४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष २४ करोड ६२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा करीब ६ प्रतिशत बढेको हो । यस वर्ष कम्पनीको वित्तीय खर्च साढे १९ प्रतिशत घटेको छ । गत वर्ष ३ करोड ३२ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष २ करोड ६७ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँ छ । रिटेण्ड अर्निङ १ अर्ब ४२ करोड ४२ लाख रुपैयाँभन्दा बढी छ भने अन्य जगेडा ५५ करोड ७९ लाख रुपैयाँभन्दा बढी छ । कुल दायित्व १ अर्ब ४८ करोड रुपैयाँ रहेको छ भने कुल सम्पत्ति ६ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी छ । प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९७ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ १७ पैसा छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित सामग्री

सानिमा माई हाइड्रोपावरको नाफा बढ्यो

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३ दशमलव ३९ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. ३२ करोड ३१ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. ३३ करोड ४१ लाख पुगेको हो ।  कम्पनीको विद्युत विक्री आम्दानी भने गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा सामान्य घटेको छ । गत आवमा कम्पनीले विद्युत विक्रीबापत रू. ५० करोड ४९ लाख आम्दानी गरेकोमा चालू आवमा घटेर रू. ४९ करोड ९२ लाखमा सीमित भएको हो ।  चुक्ता पूँजी रू. ३ अर्ब ८ करोड रहेको कम्पनीले दोस्रो त्रैमाससम्ममा रिटेन्ड अर्निङमा रू. १ अर्ब ४० करोड र अन्य जगेडामा रू. १ अर्ब ३४ करोड सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ८२ पैसा, मूल्य आम्दानी अनुपात ३४ दशमलव ५६ गुणा र प्रतिशेयर नेटवर्थ १ सय ८९ रुपैयाँ १० पैसा छ ।  रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

सानिमा माई हाइड्रोपावरको नाफा २५ प्रतिशत घट्यो

काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा २५ प्रतिशत घटेको छ ।  अघिल्लो आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू. ५४ करोड ६१ लाख नाफा कमाएकोमा गत आवको सोही अवधिमा घटेर रू. ४० करोड ७२ लाखमा झरेको हो । गत आवमा कम्पनीको विद्युत विक्री आम्दानी घटेकाले नाफा प्रभावित भएको हो ।  अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको विद्युत विक्री आम्दानी १८ प्रतिशत घटेको छ । अघिल्लो आवमा विद्युत विक्रीबापत रू. ९३ करोड ५० लाख आम्दानी गरेकोमा गत आवमा घटेर रू. ७६ करोड ३५ लाखमा सीमित भएको छ ।  नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६८ पैसा रहेकोमा गत आवमा १३ रुपैयाँ १८ पैसामा झरेको हो । त्यस्तै गत आवमा कम्पनीको मूल्य आम्दानी अनुपात २६ दशमलव ९३ गुणा र प्रतिशेयर नेटवर्थ रू. १७९ दशमलव ७६ छ । कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब ८ करोड छ भने कम्पनीले जगेडामा रू. १ अर्ब २९ करोड र रिटेन्ड अर्निङमा रू. १ अर्ब २९ करोड सञ्चिति गरेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

सानिमा माई हाइड्रोपावरको नाफा १०.९२% बढ्यो

साउन २८, काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १० दशमलव ९२ प्रतिशतले वृद्धि भएको छ ।  अघिल्लो आवमा कम्पनीले रू. ३६ करोड ६८ लाख ३९ हजार खुद नाफा गरेकोमा गत आवमा वृद्धि भएर रू. ४० करोड ६८ लाख ९८ हजार पुगेको हो । गत आवमा  कम्पनीको वित्तीय खर्चमा कमी आएकाले नाफा बढेको हो ।  अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको विद्युत विक्री आम्दानी भने १ दशमलव २१ प्रतिशतले कमी आएको छ । अघिल्लो आवमा कम्पनीले विद्युत् विक्री बापत रू. ६६ करोड ७ लाख ८४ हजार आम्दानी भएकोमा गत आवमा घटेर रू. ८५ करोड ३ लाख ९ हजारमा सीमित भएको हो ।  कम्पनीको चुक्तापूँजी अघिल्लो आवको तुलनामा १० प्रतिशतले वृद्धि भएर रू. २ अर्ब ८० करोड ८४ लाख १० हजार पुगेको छ । त्यसैगरी कम्पनीले जगेडामा रू. ६७ करोड ४० लाख ४१ हजार सञ्चित गरेको हो । प्रतिशेयर आम्दानी रू. १४ दशमलव ४९ र प्रतिशेयर नेटवर्थ रू. १२४ रहेको छ ।                                                             स्रोत : कम्पनीले प्रकाशित गरेको चौथो त्रैमासीक वित्तीय विवरण