सार्वजनिक यातायातमा जोरबिजोर नगर्न सीसीएमसीको सिफारिस, विद्यालय माघ मसान्तसम्मै बन्द

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली लागू नगर्न सरकारलाई सिफारिस गरेको छ । शुक्रवार बसेको सीसीएमसीको बैठकले सार्वजनिक यातायातमा जोरबिजोर नगर्न सिफारिस गरेको सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् । जोरबिजोरले सडकमा सार्वजनिक यातायातको संख्या घट्दा यात्रुको चाप बढेको र कोरोनाको जोखिम झन् बढेको भन्दै सरकारको आलोचना भएको थियो । सीसीएमसीको बैठकले माघ मसान्तसम्मै विद्यालयमा भौतिक रूपमा पठनपाठन नगर्न समेत सिफारिस गरेको छ । यसअघि सरकारले माघ १५ गतेसम्म...

सम्बन्धित सामग्री

ट्याक्सीमा लागु जोरबिजोर प्रणाली हटाउन माग

काठमाडौं, १६ माघ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामको लागि सरकारले ट्याक्सीमा लागु गरेको जोरबिजोर प्रणाली हटाउन माग गरिएको छ । सार्वजनिक यातायात केन्द्रीय महासंघले कोरोना महामारीमा उपत्यकामा एम्बुलेन्सको अभाव हुँदा बिरामीलाई गाह्रो भइरहेकोले ट्याक्सीमा लगाइएको जोरबिजोर प्रणाली खारेज गर्न माग गरेको हो । महासंघले नागरिकलाई अस्पताल आउजाउ गर्न सहज हुने ट्याक्सीमा तत्काल जोरबिजोर खारेज […]

जोरबिजोर प्रणालीले सास्ती व्यहोर्दै सर्वसाधारण

काठमाडौं, माघ १४ । नियमितजसो सार्वजनिक यातायातमा यात्रा गर्ने सर्वसाधारण अहिले समस्यामा छन् । प्रशासनले शनिबारदेखि सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली लागु गरेसँगै सर्वसाधारणले राम्रोसँग सार्वजनिक यातायातमा चढेर यात्रा गर्न पाएका छैनन्। यसै त काठमाडौं उपत्यकाको सार्वजनिक यातायात व्यवस्थित र भरपर्दो छैन। त्यसमा पनि उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली लागु भएपछि त यात्रु अझै कोचिएर यात्रा […]

आजदेखि खुल्यो सार्वजनिक यातायात

काठमाडौं। काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालनमा आएको छ। गत वैशाख १६ गतेदेखि लागू उपत्यकाव्यापी निषेधाज्ञाका कारण बन्द भएका सार्वजनिक यातायात दुई महिनापछि खुलेका हुन्। तीन वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको हिजो सम्पन्न बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै लग्ने नीतिअनुसार जोरबिजोर प्रणालीमा यातायात खुलेका हुन्।

न्यू नर्मल : उपत्यकामा सञ्चालनमा आयो सार्वजनिक यातायात (फोटोफिचर)

कोरोना महामारीका कारण लामो समयदेखि जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सञ्चालन गर्न दिएको छ । सोमबारदेखि उपत्यकामा जोरबिजोरको आधारमा २५ सिटमाथिको सार्वजनिक यातायात र निजी सवारीसाधन जोरबिजोर प्रणालीमा सञ्चालन भएको हो । सोमबार बिहान बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा विगतको भन्दा केही खुकुलो बनाउँदै जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सवारी साधन जोर बिजोर प्रणा

आजदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन हुने

आजदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । सोमबार बिहान बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा विगतको भन्दा केही खुकुलो बनाउँदै जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । आजबाट काठमाडौं उपत्यकाभित्र मात्र संचालन हुने गरी २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक यातायात सञ्चालन हुनेछन् । सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्ने र सार्वजनिक यात्रु बाहक सवारी साधन संचालन गर्दा स्वास्थ्य मापदण्डको पूर्

सार्वजनिक यातायात खुला

उपत्यकामा आज (मंगलबार) बाट सार्वजनिक सवारी साधन सञ्चालन हुने भएको छ । करिब ६० दिनपछि उपत्यकामा २५ सिटभन्दा बढी क्षमता भएका सार्वजनिक सवारी साधन जोरबिजोर नम्बरका आधारमा बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्ने दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी सूचनामा उल्लेख छ । ‘सार्वजनिक यात्रुवाहक […]

भोलिदेखि जोरबिजोर प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय

काठमाडौं : राजधानी उपत्यकामा सार्वजनिक यातायात भोलि (मंगलबार)देखि जोरबिजोर प्रणालीबाट सञ्चालन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको छलफलपछि उपत्यकामा छोटो दूरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेकाे हो। काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा भने एक साता लम्बिएको छ। कोरोना संक्रमण जोखिम कायमै रहेकाले थप एक साता निषेधाज्ञा थपेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए।उनले थाहाखबरसँग भने, ‘जो

उपत्यकामा जोरबिजोर लगाएर सार्वजनिक यातायात खोल्नेबारे छलफल

काठमाडौं उपत्यकाका ३ जिल्लाका कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले स्वास्थ्य कार्यालयहरुको रायअनुसार सार्वजनिक यातायात सञ्चालनको विषयमा निर्णय गर्न सिफारिस गरेको छ।

रौतहटमा जोरबिजोरमा सार्वजनिक गाडी पनि चल्ने

सोमबारदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात पनि संचालन हुने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।...

मङ्गलबारबाट सार्वजनिक यातायात जोरबिजोर

काठमाडौं, १३ असार । सरकारले मङ्गलबारबाट लागू हुने गरी सार्वजनिक यातायातमा जोरबिजोरमा सञ्चालन गर्न दिने तयारी गरेको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो गर्दै निर्णय लिन लागेको बुझिएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना भाइरसको जोखिमको समिक्षा गर्दै निषेधाज्ञा खुकुलो बनाउन लागेको हो । जस अनुसार सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा […]