फागुन १ गतेदेखि स्मार्ट लकडाउन खुकुलो : विद्यालयदेखि रात्रिकालीन व्यवसाय खुल्ने

सवारी साधनमा हाल कायम रहेको जोरबिजोर प्रणाली भोलि सोमबारदेखि हट्ने भएको छ । सीसीएमसीसीको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।आइतबार नै बसेको सीसीएमसीसीको बैठकले कोरोनाको जोखिम कम भएको भन्दै जारी स्मार्ट लकडाउन थप खुकुलो बनाउन सिफारिस गरेको थियो । सो सिफारिससँगै उपत्यकाका सीडीओहरूले गृह मन्त्रालयको निर्देशनमा सिफारिसलाई कार्यान्वयनमा लागेका हुन् ।विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू, जनस्वास्थ्य र सुरक