काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा माओवादी नेता सुदन किराती नियुक्त भएका छन्। एमालेको समर्थनमा सरकार बनाएपछि धेरै दिनको छलफलपछि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। किराती भोजपुरबाट निर्वाचित हुन्। विभागीय मन्त्री आएलगत्तै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडानमा देखिएको कार्टेलिङ कारवाही अगाडि बढाउने र उड्डयन सुरक्षा सुदृढीकरणलाई जोड दिने योजना […]