नेकपा माओवादी केन्द्रका नेता एवम् गठबन्धनका भोजपुरका साझा उम्मेदवार सुदन किरातीले पूर्व मुख्यमन्त्री शेरधन राईले जनतासँग माफी माग्नुपर्ने बताएका छन् । चुनावी अभियानका क्रममा किरातीले आफ्नो प्रतिस्पर्धी राईलाई जनतासँग माफी माग्न र झुठा प्रचार गरेर जनताको भोट लिने कुचेष्टा नगर्न चेतावनी समेत दिएका छन् । किरातीले भोजपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शेरधन राईले निरन्तरताको सानोतिनो काम मात्रै गरेको र त्यही काम देखाएर जनतालाई ढाँटिरहेको बताए । कुनै सन्तानलाई जन्म दिइसकेपछि त्यसको स्याह