भोजपुरबाट नेकपा माओवादी केन्द्र सुदन किराती निर्वाचित

९ मंसिर, काठमाडौं । भोजपुरबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका सुदन किराती निर्वाचित भएका छन् । बिहीबार राति सकिएको मतगणना अनुसार किरातीले २८ हजार ५७८ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेरधन राईले २६ हजार १९३ मत पाए । सुदनले दुई हजार ३८५ मतान्तरले चुनाव जितेका हुन् । यो क्षेत्रबाट २०७४ सालमा सुदन नै […]

सम्बन्धित सामग्री

“अहिलेको कार्य संस्कृति परिवर्तन भएमा राष्ट्र विकासमा धेरै काम गर्न सकिन्छ”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आफ्नो मन्त्रालयअन्तर्गतका क्षेत्रको सुधारमा निरन्तर लागिपर्नुभएको छ । मन्त्रालयको नेतृत्व सम्हालेदेखि नै केही न केही परिणाम दिनेगरी काम गरिरहनुभएका उहाँले उड्डयन र पर्यटन क्षेत्रमा सुधार गर्ने प्रयत्न पनि गरिरहनुभएको छ । नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्यसमेत रहनुभएका किरातीले मुलुकको हवाई क्षेत्रको सुधार र पूर्वाधार विस्तार तथा गुणस्तरीय …

छोरा मन्त्री भएको कुरा पत्याउनै गाह्रो पर्यो पितालाई

नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती भुइँ तहबाट राज्यको उच्च निकायका पुग्ने थोरै भोजपुरेमध्येको एक हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)का नेता किराती पछिल्ला तीनवटा निर्वाचनमा लगातार भोजपुरबाटै विजयी हुनुभएको थियो । विसं २०६४ को संविधानसभा निर्वाचनमा २९ वर्षको उमेरमा नै संविधानसभा सदस्यमा निर्वाचित हुनु भएका किराती संविधान निर्माणमा सक्रिय सहभागी हुनुभयो । प्रतिनिधिसभा …

माओवादीबाट अमनलाल मोदी मन्त्री बन्दै

नेकपा (माओवादी केन्द्र) बाट अमनलाल मोदीलाई मन्त्री बनाउने पक्का भएको छ । माओवादीबाट रेखा शर्मा र सुदन किराती पनि मन्त्री बन्ने पक्का भएको छ । शर्मालाई सञ्चार किरातीलाई पर्यटनमन्त्रीको जिम्मेवारी दिने ...

‘प्रधानमन्त्रीले यसपटक गुन तिर्छु भन्नुभएको छ’

तीनचोटी जितेर मन्त्री नपाएको सांसद कोही छैन । मबाट पार्टीलाई धोका हुने काम कहिल्यै भएको छैन, मूल्य–मान्यतामा उभिएको छु । लुछाचुडी हुँदा पनि म हुनुपर्छ भनेर कहिल्यै दबाव दिइनँ । अध्यक्षले सुदन किरातीलाई व्याजसहित ऋण तिर्नुपर्छ, रोजेको मन्त्रालय दिनुपर्छ भनेर बोल्नुभएको छ ।

भोजपुरमा पालैपालो जितेका शेरधन र सुदनको तेस्रो भिडन्त, कसको पल्ला भारी (भिडियो)

शेरधनका चुनावी प्रतिस्पर्धी हुन्, नेकपा (माओवादी केन्द्र) का नेता सुदन किराती । उनी पनि चुनावी अभियानमा व्यस्त छन् । शेरधनसँग सुदनको यसपटक हुन लागेको चुनावी प्रतिस्पर्धा तेस्रो हो ।

आवश्यकता खच्चडको हैन, १२ चक्के ट्रकको हो : सुदन किराती

नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा भोजपुरका गठबन्धन उम्मेदवार सुदन किरातीले अहिले जनतालाई खच्चडको हैन १२ चक्के ट्रकको आवश्यकता रहेको बताएका छन् । भोजपुरको हतुवागढी गाउँपालिकाको केन्द्र (घोरेटारमा) आयोजित गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै किरातीले यस्तो बताएका हुन् । एमाले नेता शेरधन राईले ‘दुई–दुई पटक सांसद भएर पनि सुदन किरातीले केही गर्न नसकेको’ भनि लगाएको आरोपको खण्डन गर्दै किरातीले यसो भनेका हुन् । राईप्रति इंगित गर्दै किरातीले भ

भोजपुरमा माओवादीबाट सुदनसहित ४ जना सिफारिस, अजम्बरले पनि गरे दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्र भोजपुरले आसन्न प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधिसभातर्फ चारजनाको नाम सिफारिस गरिएको माओवादीका जिल्ला संयोजक नगेन्द्र भुजेल ‘शैलेन्द्र’ ले जानकारी दिए । सिफारिसमा परेका नामहरूमा सुदन किराती, अजम्बर काङमाङ राई, विमल खड्का र शरणकुमार तामाङ छन् । अजम्बरले पनि प्रतिनिधिसभामा दाबी गरेपछि जिल्लाको राजनीतिक गफगाफमा […]

एमालेको अहङ्कार डाउन भयो, तर ओलीसँग तालमेल सम्भव छैन

स्थानीय तहको चुनाव अघिसम्म निकै सङ्कटमा रहेको भनिएको नेकपा माओवादी केन्द्र चुनावपछि भने निकै उत्साहित छ । पार्टी विभाजनको ड्यामेज कन्ट्रोल गर्दै माओवादीले २०७४ सालको स्थानीय निर्वाचनमा जितेको सिट सङ्ख्यामा थप गर्दै आफूलाई तेस्रो शक्तिको रूपमा स्थापित गर्न सफल भएको छ ।लथालिङ्ग पार्टी संरचना र भद्रगोल तालमेलबीच पनि पार्टीले ल्याएको नतिजाबाट सन्तुष्ट हुने धेरै ठाउँ रहेको पार्टीका केन्द्रीय सदस्य सुदन किराती बताउँछन् । समग्रमा गठबन्धनले देश, संविधान र व्यवस्थालाई फाइदा नै भएको निष्कर्ष छ । एमालेलाई

दलित बस्तीमा पुगेर सांसद सुदन किरातीले मनाए दसैँ

भोजपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा संघीय सांसद सुदन किराती दलित बस्तीमा पुगेर दसैँ मनाएका छन् । गृहजिल्ला भोजपुरको रामप्रसादराई गाउँपालिका-१ मा पुस्तौंदेखि ‘बालिघरे प्रथा’ मा रहेका दर्जी र विश्वकर्मासँगै बसेर उनले विजया दशमीको खुसी साटासाट गरे । टीका कार्यक्रममा उपस्थित भएका दलित वृद्धवृद्धालाई सांसद किरातीले एकसरो कपडा उपहारस्वरूप दिँदै ढोगभेट गरेका […]