काठमाडौँ : निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू बेदाग भएर मन्त्रालयबाट निस्किएको बताएका छन्।बिहीवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री किरातीले आफूमाथि कुनै पनि दाग नलागेको बताए। उनले आफू मन्त्रालयबाट बेदाग भएर खुशीसाथ निस्किएको बताए। उनले एक वर्षको अवधिमा धेरै काम गरेको र त्यसको परिणाम निस्किने बेला भएको पनि बताए। उनले मन्त्रीको रुपमा रहँदा आफू कुनै पनि विवादमा नआए पनि विवादित बनाइएको जिकिर गरे। प्रधानमन्त्रीलाई अ