ओलीबाहेकका कम्युनिष्टहरूको एकता आवश्यक : सुदन किराती

भोजपुरबाट निर्वाचित सांसद सुदन किरातीले ओलीबाहेकका सच्चा कम्युनिष्टहरुको एकता र वाम ध्रुवीकरण तत्काल अगाडि बढाउनु पर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् । निर्वाचनको नतिजा पछाडि वाम ध्रुवीकरणको चर्चा चलिरहेको तर ओली बाहेकका कम्युनिष्टहरुसँग मात्र त्यो सम्भावना रहेको किरातीले बताएका हुन् ।निर्वाचनमा देखिएको जनताको असन्तुष्टि र व्यक्त भएको विद्रोहलाई बेलाइमा बुझ्नु पर्ने पनि उनको भनाइ छ । माओवादी केन्द्रका पोलिटव्यूरो सदस्यसमेत रहेका सांसद किरातीले  किरातीले मंगलबार भोजपुरको हतुवागढीमा

सम्बन्धित सामग्री

ममाथि कुनै दाग लागेन : सुदन किराती

काठमाडौँ : निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू बेदाग भएर मन्त्रालयबाट निस्किएको बताएका छन्।बिहीवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री किरातीले आफूमाथि कुनै पनि दाग नलागेको बताए। उनले आफू मन्त्रालयबाट बेदाग भएर खुशीसाथ निस्किएको बताए। उनले एक वर्षको अवधिमा धेरै काम गरेको र त्यसको परिणाम निस्किने बेला भएको पनि बताए। उनले मन्त्रीको रुपमा रहँदा आफू कुनै पनि विवादमा नआए पनि विवादित बनाइएको जिकिर गरे। प्रधानमन्त्रीलाई अ

संसदमा तीन मन्त्रीको राजीनामा माग

प्रमुख प्रतिपक्षी एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, पर्यटनमन्त्री सुदन किराती र स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई पदमुक्त गर्न प्रधानमन्त्रीसँग माग गरेको छ।...

“अहिलेको कार्य संस्कृति परिवर्तन भएमा राष्ट्र विकासमा धेरै काम गर्न सकिन्छ”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आफ्नो मन्त्रालयअन्तर्गतका क्षेत्रको सुधारमा निरन्तर लागिपर्नुभएको छ । मन्त्रालयको नेतृत्व सम्हालेदेखि नै केही न केही परिणाम दिनेगरी काम गरिरहनुभएका उहाँले उड्डयन र पर्यटन क्षेत्रमा सुधार गर्ने प्रयत्न पनि गरिरहनुभएको छ । नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्यसमेत रहनुभएका किरातीले मुलुकको हवाई क्षेत्रको सुधार र पूर्वाधार विस्तार तथा गुणस्तरीय …

छोरा मन्त्री भएको कुरा पत्याउनै गाह्रो पर्यो पितालाई

नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती भुइँ तहबाट राज्यको उच्च निकायका पुग्ने थोरै भोजपुरेमध्येको एक हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)का नेता किराती पछिल्ला तीनवटा निर्वाचनमा लगातार भोजपुरबाटै विजयी हुनुभएको थियो । विसं २०६४ को संविधानसभा निर्वाचनमा २९ वर्षको उमेरमा नै संविधानसभा सदस्यमा निर्वाचित हुनु भएका किराती संविधान निर्माणमा सक्रिय सहभागी हुनुभयो । प्रतिनिधिसभा …

भोजपुरबाट नेकपा माओवादी केन्द्र सुदन किराती निर्वाचित

९ मंसिर, काठमाडौं । भोजपुरबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका सुदन किराती निर्वाचित भएका छन् । बिहीबार राति सकिएको मतगणना अनुसार किरातीले २८ हजार ५७८ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेरधन राईले २६ हजार १९३ मत पाए । सुदनले दुई हजार ३८५ मतान्तरले चुनाव जितेका हुन् । यो क्षेत्रबाट २०७४ सालमा सुदन नै […]

भोजपुरमा सुदन किराती मतान्तर बढाउँदै

भोजपुर– भोजपुरमा नेकपा माओवादी केन्द्रका सुदन किरातीले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । २५ हजार १३४ मत गणना हुँदा किरातीले २ हजार ३७४ मतको अग्रता बनाएका छन् । किरातीले १२ हजार ५२ मत प्राप्त गर्दा नेकपा एमालेका शेरधन राईले ९ हजार ६ सय ७८ मत प्राप्त गरेका छन् । जनता समाजवादीका ध्रुव छाङछाङ दुमिहाङ राईले […]

भोजपुरमा पालैपालो जितेका शेरधन र सुदनको तेस्रो भिडन्त, कसको पल्ला भारी (भिडियो)

शेरधनका चुनावी प्रतिस्पर्धी हुन्, नेकपा (माओवादी केन्द्र) का नेता सुदन किराती । उनी पनि चुनावी अभियानमा व्यस्त छन् । शेरधनसँग सुदनको यसपटक हुन लागेको चुनावी प्रतिस्पर्धा तेस्रो हो ।

शेरधनले जनतासँग माफी माग्नुपर्छ : सुदन किराती

नेकपा माओवादी केन्द्रका नेता एवम् गठबन्धनका भोजपुरका साझा उम्मेदवार सुदन किरातीले पूर्व मुख्यमन्त्री शेरधन राईले जनतासँग माफी माग्नुपर्ने बताएका छन् । चुनावी अभियानका क्रममा किरातीले आफ्नो प्रतिस्पर्धी राईलाई जनतासँग माफी माग्न र झुठा प्रचार गरेर जनताको भोट लिने कुचेष्टा नगर्न चेतावनी समेत दिएका छन् । किरातीले भोजपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शेरधन राईले निरन्तरताको सानोतिनो काम मात्रै गरेको र त्यही काम देखाएर जनतालाई ढाँटिरहेको बताए । कुनै सन्तानलाई जन्म दिइसकेपछि त्यसको स्याह