भारतमा स्पुतनिक–भी बिक्री सुरु, प्रतिडोज एक हजार भारु

एजेन्सी। भारतमा रुसी भ्याक्सिन स्पुतनिक–भीको बजारमा बिक्री सुरु भएको छ। नियामक निकायले यो भ्याक्सिनलाई स्वीकृति दिएपछि प्रतिडोज एक हजार भारुमा बिक्री आरम्भ भएको हो। स्पुतनिक भी खोप भारतीय औषधि नियामक निकायले मे १ तारिखमा स्वीकृति दिएको थियो। भारतीय बजारमा उक्त खोपको मूल्य प्रतिडोज भारु ९४८ तोकिएको छ। आगामी दिनमा यो खोप भारतमै उत्पादन गर्नेबारे कुरा चलिरहेको छ।

सम्बन्धित सामग्री

विश्वभर १ हजार करोड कमाउँदा ‘जवान’ले नेपालमा कति कमायो ?

काठमाडौं । शाहरुख खान स्टारर भारतीय फिल्म ‘जवान’ले आइतबारसम्म विश्वभर एक हजार करोड भारु कमाएको छ । भारतमा मात्र फिल्मले ६६६ करोड भारु कमाएर कीर्तिमान रच्यो । फिल्मको कुल विश्वव्यापी कमाइ एक हजार १५ करोड भारु छ । ‘जवान’ हजार करोड भारु कमाउने तेस्रो भारतीय फिल्म बनेको छ, जसमा अभिनेता खानका मात्र दुई फिल्म समावेश […]

पाँच करोड भारु ‘प्रयोगविहीन’

५ सय र १ हजार दरका भारु नोट प्रतिबन्ध लगाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्णयलाई त्यहाँको सर्वोच्च अदालतले वैधानिकता दिएपछि नेपालको बैंकिङ च्यानलमा रहेको भारु प्रयोगमा नआउने भएको हो।...

भारतकाे तिरुपति मन्दिरकाे सम्पत्ति - १० टन सुन, ५३ सय कराेड भारु बैंकमा

भारतकाे तिरुमला-तिरुपति देवस्थानम (टीटीडी) ले श्वेत पत्र जारी गर्दै आफ्नाे सम्पत्तिकाे सूची सार्वजनिक गरेकाे छ । श्वेत पत्रका अनुसार तिरुमला–तिरुपति देवस्थानमसँग १० दशमलव ३ टन सुन र बैंकमा ५३ सय कराेड भारु बैंकमा जम्मा छ । यसका साथै यस मन्दिरसँग १५ हजार नाै सय ३८ कराेड भारु नगद पनि रहेकाे बीबीसी हिन्दीले जनाएकाे छ । तिरुपति मन्दिरकाे व्यवस्थापन गर्ने तिरुमला-तिरुपति देवस्थानम (टीटीडी) ले श्वेत पत्र जारी गरेर आफ्नाे सम्पत्ति सार्वजनिक गरेकाे हाे । टीटीडीका अनुसार उसकाे सम्पत्ति दुई दशमलव २६ लाख भारु बराबर छ ।...

६२ हजार ८७० भारु तिरेर रेलमार्फत रामायण सर्किटको यात्रा

नेपाल–भारत धार्मिक पर्यटकीय सम्बन्ध मजबुत बनाउने उद्देश्यले सुरु भएको ‘रामायण सर्किट’ रेल सेवाका यात्रीले सीताको माइती आउँदा आफू गौरवान्वित भएको बताएका छन् । उक्त रेलमा आएका यात्रीले प्रतिव्यक्ति ६२ हजार ८७० भारु तिरेर रामायण सर्किट यात्राको अनुभव लिएका हुन् । रामायण सर्किट अन्तर्गत बिहीबार पहिलो पटक करिब ५ सय यात्री लिएर भारतीय रेल जनकपुरधाम आइपुगेको हो ।रामायण सर्किट अन्तर्गत १८ दिनको यात्रा हुने छ । यस क्रममा रामायणसँग सम्बन्धित जनकपुरधाम पनि यात्राको अङ्ग बनेको हो । रामको ज

मोदीले प्रयागराजका १६ लाख महिलालाई दिए हजार करोड भारु

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको प्रयागराजका १६ लाख महिलालाई हजार करोड भारु निकासा गरिएको बताएका छन् । महिलाहरूको सेल्फ हेल्प ग्रूपलाई उक्त रकम दिइएको हो ।  त्यस्तै उनले मुख्यमन्त्री कन्या सुमंगला योजनाका एक लाखभन्दा बढी लाभार्थीहरूलाई पनि रकम निकासा गरेका छन् । बालिकाहरूलाई त्यसबाट लाभ प्राप्त हुनेछ । प्रयागराजमा मोदीले अतिरिक्त पोषण सामग्री उत्पादनका २०२ वटा इकाइको शिलान्यास समेत गरेका छन् ।  उत्तर प्रदेशमा विधानसभा निर्वाचन आउन लागेको बेलामा मतदाताहरूलाई भाजपाप्रति आकर्षित पार्न मोदी...

स्राेत नखुलेकाे नाै लाख भारु र १८ लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ

नवलपरासी – नवलपरासी प्रहरीले स्राेत नखुलेकाे रकमसहित दुई जनालाई पक्राउ गरेकाे छ । नवलपरासीकाे पाल्हिनन्दन गाउँपालिका २ का ३५ वर्षीय याेगेन्द्र यादव र भारतकाे उत्तर प्रदेशका २७ वर्षीय समिर खान स्राेत नखुलेकाे रकमसहित पक्राउ परेका हुन् ।  उनीहरूकाे साथमा रहेकाे नाै लाख भारु र १८ लाख ५० हजार रुपैयाँकाे स्राेत खुलाउन नसक्दा पक्राउ परेका नवलपरासीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु लामाले बताउनुभयाे ।   दुवै जनालाई बर्दघाट नगरपालिका १२ भटौलियाकाे परासी नारायण ...

भारतमा दुई हजार करोड भारु लगानी गर्दै हुण्डाई

एजेन्सी। दक्षिण कोरियाली कार निर्माता कम्पनी हुण्डाईले भारतको गुरुग्राममा नयाँ कर्पोरेट कार्यालय स्थापना गरेको छ।हुण्डाई भारतको दोस्रो सबैभन्दा बढी कार निर्माता कम्पनी हो।भारतका लागि कोरियाली राजदूत चांग जा बुकले उक्त कार्यालय उद्घाटन गरेका हुन्। यस्तै, उद्घाटन समारोहमा भारतको सबैभन्दा बढी कार निर्माता कम्पनी मारुती सुजुकीका म्यानेजिङ डाइरेक्टर पनि उपस्थि थिए।हुण्डाईले भारतमा दुई हजार करोड भारु लगानी गर्ने योजना बनाएको छ।

दुर्लभ अंगुर जसको मूल्य साँढे सात लाख भारु

एजेन्सी। संसारको सबैभन्दा महङ्गो अंगुर जसको मूल्य सात लाख ५० हजार भारु रहेको भारतीय मिडियाले बताएका छन्। ‘रुवी रोमन’ नामको उक्त अंगुरकोे एक दानालाई नै ३५ हजार भारु पर्ने भारतीय मिडियाले जनाएका छन्। उक्त अंगुर वर्षको २४ सय गुछ्छा उत्पादन हुन्छ। जापानका फलफूल बजारमा यो अंगुरको अत्याधिक माग रहेको छ।

भारतमा स्पुतनिक–भी बिक्री सुरु, प्रतिडोज एक हजार भारु

एजेन्सी। भारतमा रुसी भ्याक्सिन स्पुतनिक–भीको बजारमा बिक्री सुरु भएको छ। नियामक निकायले यो भ्याक्सिनलाई स्वीकृति दिएपछि प्रतिडोज एक हजार भारुमा बिक्री आरम्भ भएको हो। स्पुतनिक भी खोप भारतीय औषधि नियामक निकायले मे १ तारिखमा स्वीकृति दिएको थियो। भारतीय बजारमा उक्त खोपको मूल्य प्रतिडोज भारु ९४८ तोकिएको छ। आगामी दिनमा यो खोप भारतमै उत्पादन गर्नेबारे कुरा चलिरहेको छ।

एउटा अक्सिजन सिलिन्डरको मूल्य ३५ हजार भारु

बीबीसी। भारतमा एउटा अक्सिजनको सिलिन्डरको मूल्य ३५ हजार भारु पर्न थालेको छ। कोरोना भाइरसको नयाँ भेरियन्टका बिरामीका लागि अक्सिजन आवश्यक भएता पनि भारतमा मागबमोजिम अक्सिजन आपूर्ति हुन सकेको छैन। फलस्वरूप लखनउका सर्वसाधारण एउटै सिलिन्डर अक्सिनलाई उक्त मूल्यमा किन्न बाध्य भइरहेका छन्।