भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको प्रयागराजका १६ लाख महिलालाई हजार करोड भारु निकासा गरिएको बताएका छन् । महिलाहरूको सेल्फ हेल्प ग्रूपलाई उक्त रकम दिइएको हो ।
त्यस्तै उनले मुख्यमन्त्री कन्या सुमंगला योजनाका एक लाखभन्दा बढी लाभार्थीहरूलाई पनि रकम निकासा गरेका छन् । बालिकाहरूलाई त्यसबाट लाभ प्राप्त हुनेछ ।
प्रयागराजमा मोदीले अतिरिक्त पोषण सामग्री उत्पादनका २०२ वटा इकाइको शिलान्यास समेत गरेका छन् ।
उत्तर प्रदेशमा विधानसभा निर्वाचन आउन लागेको बेलामा मतदाताहरूलाई भाजपाप्रति आकर्षित पार्न मोदी...