एउटा अक्सिजन सिलिन्डरको मूल्य ३५ हजार भारु

बीबीसी। भारतमा एउटा अक्सिजनको सिलिन्डरको मूल्य ३५ हजार भारु पर्न थालेको छ। कोरोना भाइरसको नयाँ भेरियन्टका बिरामीका लागि अक्सिजन आवश्यक भएता पनि भारतमा मागबमोजिम अक्सिजन आपूर्ति हुन सकेको छैन। फलस्वरूप लखनउका सर्वसाधारण एउटै सिलिन्डर अक्सिनलाई उक्त मूल्यमा किन्न बाध्य भइरहेका छन्।

सम्बन्धित सामग्री

‘आई एम अक्सिजन म्यान’ अभियानमा अभिनेता विवेकले गरे २५ लाख सहयोग

एजेन्सी। बलिउड अभिनेता विवेक ओबरायले भारतमा डाक्टर विवेक विन्द्रासँग मिलेर चलाइएको नवीनतम पहल ‘आई एम अक्सिजन म्यान’मा २५ लाख भारु सहयोग गरेका छन्। अभिनेता ओबरायले २५ लाख सहयोग गरेको डा. विवेक बिन्द्राले संस्थाकै एक कार्यक्रममा खुलाएका हुन्। अभियानले हाल भारतको दिल्लीमा २०० बेडको एक निःशुल्क अस्पताल सञ्चालन गरिरहेको छ।

भारतबाट भित्रियो नेपालमा अक्सिजन ग्यास

जेठ ७, वीरगञ्ज । दोस्रो चरणको कोरोना संक्रमण बढेपछि अक्सिजन ग्यासको अभाव हुन नदिन उद्योगीहरुले भारतबाट वीरगञ्जको बाटो गरी ठूलो सानो गरी पाँच ओटा बुलेट नेपाल भित्र्याएका छन् ।            काठमाडौंको शङ्कर ग्यास उद्योगले भारतबाट लिक्विड अक्सिजनको बुलेट नेपाल भित्र्याएको वीरगञ्ज भन्सार कार्यालयले बताएको छ । अक्सिजन ग्यास उद्योगीले भारतको झारखण्ड प्रान्तको जमशेदपुरबाट ल्याएका हुन् ।उद्योगले लिक्विड अक्सिजन ल्याएर अस्पताललाई दिने गर्छ । उद्योगसँग दुई ओटा मात्रै लिक्विड अक्सिजन बोक्ने बुलेट छ । लिक्विड अक्सिजनको ट्याङ्कर उपत्यकामा ट्रमा सेन्टर र टेकु अस्पतालमा मात्रै रहेको छ । बुलेटमा ल्याइएको अक्सिजन ट्याङ्कमा खन्याउने गरिन्छ । वीरगञ्ज नाकाबाट यही जेठ १ गतेदेखि लिक्विड अक्सिजनसहितको बुलेट आएको बताइएको छ ।            वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत शैलेन्द्र अधिकारीका अनुसार रक्सौल–वीरगञ्ज नाका भएर हालसम्म एउटा सानो र चार ओटा ठूलो बुलेट नेपाल भित्रिएका छन् । तीन लटमा आएको अक्सिजन ग्यास पहिलो लटमा ११ हजार ५५० एमटिक्यू, दोस्रोमा ४ हजार ८७४ एमटिक्यू र तेस्रोमा १२ हजार ५७४ एमटिक्यू आएको बताइएको छ ।            एक घनमिटरको मूल्य भारु १६ दरमा अक्सिजन खरीद गरी नेपाल ल्याइएको अधिकारीले जानकारी दिए। कोरोना संक्रमण बढ्दै गएको र बिरामीलाई अक्सिजनको अभाव हुन थालेपछि सङ्घीय सरकारले हाल अक्सिजन बुलेट आयातमा भन्सार शुल्क शून्य बनाएको छ ।            भारतबाट नेपाल भित्रिंदा एउटा बुलेटमा प्रवेश शुल्क ५६५ रुपैयाँ लाग्ने गर्छ । नेपाल–भारत दुवै देशका अधिकारीले सहमति दिएपछि उद्योगीहरुले अक्सिजन ग्यासको बुलेट नेपालमा ल्याउन शुरु गरेको भन्सार कार्यालयका अधिकारीहरुले बताएका छन् । हाल नेपालमा कोरोना भाइरसको दोस्रो लहर फैलिएर बिरामीहरु अक्सिजनको अभावमा मर्न थालेपछि यसलाई रोक्न तथा अक्सिजनको अभाव नहोस् भनेर उद्योगीहरुले भारतबाट अक्सिजन ग्यास ल्याउने गरेका हुन् ।             पर्सा जिल्लामा रहेका तीन ओटा अक्सिजन उद्योगले आफैं ग्यास प्लान्टबाट अक्सिजन उत्पादन गरी वितरण गर्दै आएका छन् । यी उद्योगले पनि भारतबाट तयारी लिक्विड अक्सिजन ल्याएर सिलिन्डरमा भर्ने हो भने यस भेगमा अक्सिजनको अभाव नहुने विज्ञहरु बताउँछन् । रासस

कोरोना नियन्त्रणमा लेनोभोले भारतलाई आठ करोड दिने

एजेन्सी। पीसी निर्माता कम्पनी लेनोभोले भारतमा कोरोना पीडितलाई राहत प्रदान गर्न आठ करोड भारु दिने घोषणा गरेको छ। यो रकममध्ये पाँच करोड अक्सिजन कन्सन्ट्रेटर, सिलिन्डर,भेन्टिलेटर तथा अक्सिमिटरजस्ता उपकरण खरिदमा खर्च गरिने छ। बाँकी तीन करोड भने अस्पताल विस्तार तथा मेडिकल फ्रन्टलाइनरलाई आवश्यक सामग्रीमा खर्च गरिने छ। भारतमा फैलिएको दोस्रो लहरबाट सुरक्षित रहन चालिएको कदमको लेनोभोले समर्थन गरेको बताएको छ।

कोरोना पीडितलाई हैदराबादद्वारा ३० करोड सहयोग

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) टोली सनराईजर्स हैदराबादले कोरोनाको दोस्रो लहरविरुद्ध लड्न प्रभावित मानिसहरुलाई राहत प्रदान गर्न ३० करोड भारु सहयोग गरेको छ। हैदराबादले भारतमा स्वयम्सेवी संगठनहरुको सहयोगमा चलिरहेको राहत कार्यका लागि ३० करोड भारु सहयोग गरेको हो। ‘यो रकमको प्रयोग भारतको विभिन्न राज्यमा चलिरहेको अभियानमा गरिनेछ। यसबाट पीडितहरुलाई अक्सिजन सिलिन्डर, औषधि आदि उपलब्ध गराइनेछ’, हैदराबादले बताएको छ।

अनुष्का र विराटले कोरोना राहतका लागि दिए २ करोड

भारतले अहिले कोरोनाको दोस्रो लहरसँग संघर्ष गरिरहेको बेला भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र बलिउड सुपरस्टार अनुष्का शर्माले भारु २ करोड कोरोना राहतका लागि दिएका छन्।    जम्मा भएको रकमबाट अक्सिजन, चिकित्सा जनशक्ति, खोप जागरूकता र टेलिमेडिसिन सुविधाहरू प्रदान गर्न विस्तृत रूपमा काम गरिरहेको छ।

लता मंगेशकरले दिइन् कोरोना कोषलाई सात लाख

एजेन्सी। प्रसिद्ध भारतीय गायिका लता मंगेशकरले कोरोनाविरुद्धको ‘महाराष्ट्र सीएम रिलिफ फन्ड’लाई सात लाख भारु सहयोग गरेकी छन्। सरकारले लताले गरेको सहयोगबारे ट्विटरमा सेयर गरेको छ।अनियन्त्रित बन्दै गएको कोराना संक्रमणविरुद्धको लडाइँमा भारतलाई चौतर्फी सहयोग आउन थालेको छ। त्यहाँ अक्सिजन, अस्पताल तथा अन्य औषधि अभाव हुन नदिन थुप्रै मुलुकले सहयोगी हात अघि बढाएका छन्।

दिल्लीका बजारमा कोरोनाको नक्कली औषधि

एजेन्सी। भारतको राजधानी नयाँ दिल्लीमा छ्याछ्याप्ती नक्कली औषधिहरु बिक्री हुन थालेका छन्। कोरोनामा उपयोगी मानिएका रेमडिसिभिरजस्ता औषधि नक्कली बनाएर बिक्री गर्न थालिएको हो। अक्सिजन सिलिन्डरका साथै कोरोनाका औषधि बजारमा अभाव छ। पाइए पनि दोब्बर मूल्य असुल्न थालिएको छ। दिल्लीमा सात सय भारु पर्ने अक्सिजन प्रतिसिलिन्डर अहिले १५ सयमा बेच्न थालिएको छ। सरकारले नागरिकलाई सचेत रहन र नआत्तिन अनुरोध गरेको छ।

लता मंगेशकरले दिइन् कोरोना कोषलाई सात लाख

एजेन्सी। प्रसिद्ध भारतीय गायिका लता मंगेशकरले कोरोनाविरुद्धको ‘महाराष्ट्र सीएम रिलिफ फन्ड’लाई सात लाख भारु सहयोग गरेकी छन्। सरकारले लताले गरेको सहयोगबारे ट्विटरमा सेयर गरेको छ।अनियन्त्रित बन्दै गएको कोराना संक्रमणविरुद्धको लडाइँमा भारतलाई चौतर्फी सहयोग आउन थालेको छ। त्यहाँ अक्सिजन, अस्पताल तथा अन्य औषधि अभाव हुन नदिन थुप्रै मुलुकले सहयोगी हात अघि बढाएका छन्।

'अक्सिजन इन्डिया'लाई क्रिकेटर शिखर धवनको २० लाख भारु

एजेन्सी। कोरोनाको दोस्रो लहरबाट आक्रान्त भारतमा अक्सिजनको अभाव भएको छ। उक्त अभाव पूरा गर्ने कार्यमा मद्दतस्वरुप क्रिकेटर शिखर धवनले 'अक्सिजन इन्डिया'लाई २० लाख भारु सहयोग दिएका छन्। यसअघि सोही एनजीओलाई क्रिकेटर सचिन तेन्दुलकरले एक करोड भारु दिएका थिए। धवनले जारी आईपीएल म्याच सम्पन्न भएपछि प्राप्त पुरस्कार रकमसमेत सहयोग गर्ने घोषणा गरेका छन्।

अक्सिजन लेभल नाप्ने 'फिटनेस ब्यान्ड'

एजेन्सी। कोरोना भाइरसले मानिसलाई सबैभन्दा बढी स्वासप्रस्वासमा असर गर्छ। महामारीका कारण भारत तथा नेपालमा अक्सिजनको माग ह्वात्तै बढेको छ। यस्तोमा घरमै बसेर ब्लड-अक्सिजन लेभल नाप्ने फिटनेस ब्यान्ड सबैका लागि उपयोगी हुन सक्छ। यो ब्यान्डमा प्रयोगकर्तालाई एसपीओटु सेन्सर दिइनेछ। यसले हाम्रो रगतमा अक्सिजनको मात्रा कति छ भन्ने कुरालाई ट्र्याक गर्न मद्दत गर्छ। भारतमा यसको मूल्य तीन हजार भारु रहेको छ।