भारतकाे तिरुमला-तिरुपति देवस्थानम (टीटीडी) ले श्वेत पत्र जारी गर्दै आफ्नाे सम्पत्तिकाे सूची सार्वजनिक गरेकाे छ । श्वेत पत्रका अनुसार तिरुमला–तिरुपति देवस्थानमसँग १० दशमलव ३ टन सुन र बैंकमा ५३ सय कराेड भारु बैंकमा जम्मा छ । यसका साथै यस मन्दिरसँग १५ हजार नाै सय ३८ कराेड भारु नगद पनि रहेकाे बीबीसी हिन्दीले जनाएकाे छ । तिरुपति मन्दिरकाे व्यवस्थापन गर्ने तिरुमला-तिरुपति देवस्थानम (टीटीडी) ले श्वेत पत्र जारी गरेर आफ्नाे सम्पत्ति सार्वजनिक गरेकाे हाे । टीटीडीका अनुसार उसकाे सम्पत्ति दुई दशमलव २६ लाख भारु बराबर छ ।...