ललितपुर- मालपोत कार्यालय, ललितपुरका कर्मचारीसँग सेटिङ गरी जग्गाको कित्ताकाट गर्दा नक्सा र फिल्डमा हुँदै नभएको क्षेत्रफल कायम गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जना विरुद्ध आरोपपत्र दायर गरेको छ। नापी कार्यालय, ललितपुरका नापी अधिकृत राजन गिरी र सर्भेक्षक लोकेन्द्र सिंह धामी, मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत अम्बिका प्रसाद नेपाल, नायव सुब्बा मनोज पोख्रेल […]