काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धन नै कायम रहने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित सम्पर्क समन्वय प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अहिलेकै गठबन्धनलाई कायम गरी अघि बढ्ने बताएका हुन्। उनले अहिले समाजवादी केन्द्र, पार्टी एकता संयोजन समिति, बामपन्थी गठबन्धनको चर्चा भइरहेपनि यही गठबन्धनलाई नै कायम गर्ने प्रष्ट्याए। […]