काठमाडौं, १३ माघ । सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछानेको सांसद र मन्त्री पद नै खारेजी गरिदिएको छ । अदालतको फैसलापछि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष भेटेर राजीनामा दिएका छन् । अदालतको फैसला आउनेबित्तिकै सिंहदरबारबाट सिधै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसमक्ष उनले राजीनामा बुझाएका हुन् । सर्वोच्च अदालतले लामिछानेलाई गैरनागरिक ठहर गरेको छ। उनले […]