कानूनमन्त्री बन्दीले राजीनामा दिने

काठमाडौं, ३१ भदौ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले राजीनामा दिने भएका छन् । गत वर्षको चैत्र २४ गते उनी कानूनमन्त्री नियुक्त भएका थिए । आज राति १२ बजेबाट संसद्को कार्यकाल सकिने भएकोले उनले राजीनामा दिन लागेका हुन् । उनी सांसद थिएनन् । सांसद नभएको व्यक्ति ६ महिनाको लागि मन्त्री […]

सम्बन्धित सामग्री

राष्ट्रपति भेटेपछि कानूनमन्त्री गोविन्द बन्दीको राजीनामा

काठमाडौं । कानूनमन्त्री गोविन्द बन्दीले पदबाट राजीनामा दिएका छन् । सांसद सदस्य नरहेका व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री बन्न नमिल्ने भएकाले उनले राजीनामा दिएका हुन् । राजीनामा दिनुअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले प्रतिनिधिसभा नरहेको र आफू पनि सांसद नभएको भन्दै राजीनामा नदिएर चुनावसम्म मन्त्री रहन सकिने […]

कानूनमन्त्री गोविन्द बन्दीले आइतबार राजीनामा दिने

काठमाडौं, २० असोज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले आगामी आइतबार राजीनामा दिने भएका छन् । सांसद नभएको कारण ६ महिनाको लागि मात्रै मन्त्री बनेका बन्दीले आउने आइतबार पदबाट राजीनामा दिने बताएका छन् । रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार ऋषि धमलासँग संक्षिप्त कुरा गर्दै उनले आफूले आइतबार प्रधानमन्त्रीसमक्ष राजीनामा दिने बताएका हुन् । […]

मुख्यमन्त्रीको राजीनामा माग्दै कर्णाली प्रदेश सभा बाहिर प्रदर्शन

३१ असार, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको राजीनामा माग्दै प्रदेश सभा बाहिर प्रदर्शन गरिएको छ । नेकपा माओवादीका नेता एवं पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रदेश सभामा दर्ता गराएका गैरसरकारी विधेयक पारित गर्न सरकारले आनाकानी गरिरहेको भन्दै प्रदेशसभा अगाडि विरोध प्रदर्शन भएको छ । प्रदर्शनलाई प्रहरीले हस्ताक्षेप गर्न खोजेपछि केहिबेर प्रदेश सभाअघि […]

अटो रिक्सा चढेर बाहिरिए मन्त्री आचार्य

राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री चेतनारायण आचार्य मन्त्री पदबाट हटेपछि अटो रिक्सा चढेर बिहीवार मन्त्रालयबाट बाहिरिएका छन् । बिहीवार बिहान पत्रकार सम्मेलन गरी उनी सरकारी गाडी छाडेर ई–रिक्सा चढेर बाहिरिएका हुन् । पत्रकार सम्मेलनमा उनले प्रदेशले ल्याएको सञ्चार विधेयकमा आफ्नो कुनै भूमिका नभएको बताएका थिए । नयाँ बन्ने लागेका मुख्यमन्त्री कुलप्रसाद केसीले विधेयक ल्याएको उनले बताए । अर्घाखाँचीबाट निर्वाचित सांसद आचार्यलाई पोखरेलले दोस्रो चरणमा मन्त्री बनाएका थिए ।...

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज, रेल्वे कम्पनीका महाप्रबन्धकलाई स्पष्टीकरण

काठमाडौं। सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले देवीप्रसाद ज्ञवाली नेतृत्वको आयोग खारेज गरेको हो। बैठकले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले आचरण विपरीत कार्य गरेकाले स्पष्टीकरण सोध्ने निर्णय भएको कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। यसैगरी गोरखापत्र संस्थानका अध्यक्ष कृष्णमुरारी भण्डारी र सम्पादक सल्लाहकार गोपाल खनालले दिएको राजीनामा पनि स्वीकृत गरेको छ।

माओवादीको भागमा परेपछि कानूनमन्त्री राजीनामा दिँदै, नयाँ मन्त्रीको शपथ आजै

नेकपा माओवादी केन्द्रलाई सरकारमा ल्याउन २ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले राजीनामा दिने भएका छन् । लोकान्तरसँग कुरा गर्दै मन्त्री यादवले पार्टीको निर्णय बमोजिम अबको केही घण्टामा राजीनामा दिने जानकारी दिए । जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र आन्तरिक विवाद चर्किएपछि मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको साथ खोजेका थिए । माओवादीले प्रदेश सरकारलाई समर्थन गरेपनि भागबण्डा नमिल्दा सरकारमा सहभागी भएको थिएन । कांग्रेस सरकारमा सहभागी भइसकेको छ । अब माओव...

कर्णालीमा दुई मन्त्रीको राजीनामापछि तीन मन्त्री नियुक्त

सुर्खेत। कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीनजना मन्त्रीलाई नियुक्त गरेका छन्। आज नवनियुक्त भएका मन्त्रीहरुमा गोपाल शर्मा, विन्दमान विष्ट र सीता नेपाली रहेको बताइएको छ।आर्थिक मामिला तथा योजनामन्त्री विमला केसी र कानूनमन्त्री नरेश भण्डारीले राजीनामा दिएका थिए। दुवै मन्त्रीको राजीनामा मुख्यमन्त्री शाहीले स्वीकृत गरिसकेका छन्। नवनियुक्त शर्मालाई अर्थ र विष्टलाई कानूनमन्त्री र नेपालीलाई जलश्रोतमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्रीको सचिवालयले पुष्टि गरेको छ।

लुम्बिनी प्रदेशमा माओवादीका दुई मन्त्रीको राजीनामा

काठमाडौँ। लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्तासँगै माओवादीका दुईजना मन्त्रीले राजीनामा दिएका छन्। आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले आज राजीनामा दिएका हुन्। माओवादी केन्द्र, कांग्रेस र जसपा मिलेर मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा केसीलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ।

कानूनमन्त्री तामाङले दिए राजीनामा

८ साउन, काठमाडौं । कानुनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङले मंगलबार राजीनामा दिएका हुन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राजीनामा घोषणा गर्दा उनी भावुक भएका थिए । नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु …