मेयर लड्न मन्त्रीबाट राजीनामा, टिकट नपाएपछि फेरि फिर्ता

जनकपुरधाम : मेयरको टिकट सुनिश्चित नभएपछि मधेस प्रदेशका एक मन्त्रीले दिइसकेको राजीनामा फेरि फिर्ता लिएका छन्।मधेस प्रदेशका कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्री प्रमोद यादवले सिरहा नगरपालिकाको मेयरमा चुनाव लड्ने भन्दै शुक्रबार मात्र पदबाट राजीनामा दिएका थिए।तर, त्यहाँ नेकपा एकीकृत समाजवादी पार्टीलाई मेयर पद नदिने सत्ता गठबन्धनमा निर्णय भएपछि यादवले आइतबार  राजीनामा फिर्ता लिएका हुन्।उनले भने, ‘टिकट सुनिश्चित नभएपछि मन्त्री र सांसद पदबाट दिएको राजीनामा फेरि फिर्ता लिएको छु।'आफू

सम्बन्धित सामग्री

सहकारी पीडित भन्छन्: ‘बचत फिर्ता लिन कहाँ जाऊँ’

मोरङ बुढीगंगा–३ बाँसवारीकी बुधनी राजवंशीले छोरीको बिहे गर्न सहकारीमा राखेको पैसा फिर्ता नपाएपछि उनको छोरीको बिहे नै रोकिएको छ।...

तुलसी बहुमुखी सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता नगरेको गुनासो

मोरङ – केदारनाथ शर्मा अध्यक्ष रहेको तुलसी बहुमुखी सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता नगरेको गुनासो गरेका छन्। विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै बचतकर्ताले सहकारी संस्थामा बचत गरिएको रकम सकुशल फिर्ता गराउनुपर्नेमा जोड दिएका छन्। विराटनगरस्थित संस्थाले मागबमोजिमको रकम बचतकर्ताले फिर्ता नपाएपछि पत्रकार सम्मेलन गर्दै तीन तहका सरकारको ध्यानाकर्षण गराएका हुन्। संस्थासँग पटक–पटक वार्तामा बसे पनि […]

१० हजार फिर्ता नपाएपछि हत्या !

पोखरा – घरघरै वितरण गरिएको खानेपानी पिउन नमिल्ने गरेर दुर्गन्धित बन्यो। धेरै दिनसम्म पानीमा दुर्गन्ध हटेन। पृथ्वीराजमार्ग विस्तारको क्रममा ठाउँ–ठाउँमा पाइप काटिएकाले पानी धमिलो र दुर्गन्धित भएको अनुमान उपभोक्ता समितिको थियो। १३८ घरधुरीमा बाँडिएको खानेपानीबारे निकै गुनासो आएपछि उपभोक्ता समितिले खानेपानीको ट्यांकी खोलेर हेर्दा ट्यांकीभित्र महिलाको शव फेला पर्‍यो। शव क्षतविक्षत र किरा परेको थियो। […]

तनहुँमा एकीकृत समाजवादीले उम्मेदवारी फिर्ता लिएन

तनहुँ, २७ असोज । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) तनहुँले चारवटा प्रदेशसभा क्षेत्रमा उम्मेदवारी कायमै राखेको छ । सत्तारुढ गठबन्धन दलसँगको सहमतिमा एउटा प्रदेशसभा मागेको एकीकृत समाजवादीले तनहुँमा एक सिट पनि नपाएपछि चारवटै प्रदेशसभा क्षेत्रमा उम्मेदवारी दिएको थियो । सत्तारुढ दलका शीर्षनेताले सहमतिविपरीत उम्मेदवारी दिएका ठाउँमा उम्मेदवारी फिर्ता लिन निर्देशन दिए पनि तनहुँमा उम्मेदवारी फिर्ता भएन […]

अछाम-२ (क) मा एमालेका बागी बिसीको उम्मेदवारी फिर्ता

२६ असोज, काठमाडौं । अछाम-२ (क) मा नेकपा एमालेका बागी उम्मेदवार बनेका नेता बमबहादुर बिसीले उम्मेदवारी फिर्ता लिएका छन् । सो क्षेत्रबाट प्रदेशसभा सदस्यको उम्मेदवार आकांक्षी बिसीले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर स्थानीय कार्यकर्ता र पार्टीको जिल्ला, प्रदेश र केन्द्रको आग्रहमा उम्मेदवारी फिर्ता लिएको बिसीले बताए । अछाम क्षेत्र न.२ (क) प्रदेश […]

आफूले जम्मा गरेको पैसा सहकारीबाट फिर्ता नपाएपछि आन्दोलनमा उत्रिए बचतकर्ताहरु

काठमाडौं । सहकारी संस्थाका सञ्चालकले ४० लाख रुपैयाँ बढी रकम लिएर फरार भएपछि बचतकर्ताहरुको बिचल्ली भएको छ । ४ वर्ष बित्दासमेत आफूहरुले जम्मा गरेको बचत सहकारीबाट फिर्ता नपाएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । रकम फिर्ताको माग गर्दै सरोकारवाला निकाय धाउँदा हैरान भएकोले अन्तिम विकल्पका रुपमा सडक आन्दोलन रोजेको बताए । आन्दोलित बचतकर्ताले पूर्व–पश्चिम राजमार्गको […]

माधव नेपालको गुनासो :पराजित हुने भएपछि टिकट फिर्ता लिएर हिँडे

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गत स्थानीय निर्वाचनमा विजय हुने सम्भावना नदेखेपछि सिफारिस भएकाले समेत उम्मेदवारी फिर्ता लिएर हिँड्दा पार्टीले उल्लेख्य सिटमा विजय हासिल गर्न नसकेको गुनासो गरेका छन् । मंगलबारदेखि जारी स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले आफूले उम्मेदवारी नपाएपछि पार्टी निर्णयको विरोध गर्ने र पार्टी नै छाडेर हिँड्ने कामसमेत भएको भन्दै गुनासो गरेका हुन् ।अध्यक्ष नेपालका अनुसार ७ वटा कारणले पार्टीले स्थानीय तहको निर्वाचनमा अपेक्षित मत ल्य

माधव नेपालको गुनासो : पराजित हुने भएपछि टिकट फिर्ता लिएर हिँडे

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गत स्थानीय निर्वाचनमा विजय हुने सम्भावना नदेखेपछि सिफारिस भएकाले समेत उम्मेदवारी फिर्ता लिएर हिँड्दा पार्टीले उल्लेख्य सिटमा विजय हासिल गर्न नसकेको गुनासो गरेका छन् । मंगलबारदेखि जारी स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले आफूले उम्मेदवारी नपाएपछि पार्टी निर्णयको विरोध गर्ने र पार्टी नै छाडेर हिँड्ने […]

टिकट नपाएपछि मन्त्रीले लिए राजीनामा फिर्ता !

मेयरमा लड्ने भन्दै राजीनामा दिएका एक मन्त्रीले टिकट नपाएपछि अन्ततः राजीनामा पत्र फिर्ता लिएका छन् । मधेस प्रदेशका कानून, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोदकुमार यादवले सिरहा नगरपालिकाको मेयरमा लड्ने भन्दै शुक्रबार मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।तर नेकपा एकीकृत समाजवादीलाई मेयर पद नदिने सत्ता गठबन्धनको  निर्णयपछि उनले राजीनामा फिर्ता लिएका हुन् । मन्त्री यादवले भने, ‘मेयरको टिकट नपाएपछि मन्त्री र प्रदेश सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएको छु ।’उनले राजीना

फार्मेसी धनी फरार भएपछि आफ्नो लाइसेन्स निकाल्न विभाग धाउँदै समीर

उनले फार्मेसीबाट आफ्नो लाइसेन्स निकाल्न धनी रामराज केसीलाई दुई वर्षदेखि आग्रह गरिरहे। तर लाइसेन्स फिर्ता नपाएपछि फर्मासिस्ट ओझाले विभागलाई गुहारेका हुन्। ती व्यक्तिले लाइसेन्स फिर्ता गर्नुको साटो उल्टै फार्मेसी पसल बन्द गरेर फरार रहेको उनले बताए।