लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेयले पदबाट राजीनामा दिएका छन् । शंकर पोखरेल नेतृत्वको सरकारमा पार्टी नीति विपरित गएका मन्त्री पाण्डेयले मंगलबार राजीनामा दिएका हुन् । गत वैशाख ६ गते जसपाबाट मन्त्री बनेका पाण्डेयलगायत तीन जनालाई पार्टीले कारवाही गर्दै सांसद पदबाट हटाएको थियो । त्यसका विरुद्ध तिनै जना अदालत गएपनि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । अदालतको निर्णयसँगै पाण्डेयले नैतिक कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् । अदालतब