काठमाडौं : सांसदहरुले शिक्षा क्षेत्रको सुधारका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। आज बसेको प्रतिनिधिसभाको बैठकमा सांसद सुरेशकुमार राईले शिक्षा क्षेत्रको समग्र सुधारका निम्ति नयाँ शिक्षा ऐनमार्फत दीर्घकालीन समाधान खोज्नुपर्ने माग गरेका छन्।सांसद सुरेन्द्रकुमार यादवले चिकित्सा क्षेत्रमा भएका विकृतिप्रति सरकारको ध्यानाकर्षण गराए। सांसद यज्ञराज सुनुवारले पछिल्लो समयमा त्रिभुवन विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको बताउँदै त्रिवि सुधारका निम्ति आग्रह गरे।सांसद मीनबहादुर विश्वकर्माले बिजुलीबजारस्