काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेले आफ्नो पार्टीको वैधानिकताबारे प्रश्न उठाए सहेर नबस्ने चेतावनी दिएका छन्। आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रमुख अध्यक्ष नेपालले प्रतिपक्ष दल नेकपा (एमाले)ले आफ्नो पार्टीबारे वैधानिकताको प्रश्न उठाउँदै दायर गरेको मुद्दा अदालतमा विचाराधीन भइरहेका बेला उनले यस्तो बताएका हुन्। उनले आफ्नो पार्टीले कानुनी आधारमा वैधानिकता पाएको र आफूहरूलाई सांसदको रूपमा स्वीकार गर्ने स्थिति बनाइएको दाबी