‘क्यालिब्रेसन’ उडान सकेपछि प्रतिवेदनको पर्खाइमा पोखरा अन्तरराष्ट्रिय विमानस्थल

पर्वत : आरम्भ गरेको ७ वर्षपछि निर्माणको काम सकिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल अब ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन पर्खिएर बसेको छ।गत मंसिर ५ गते साँझ ४ बजेबाट शुरु भएको ‘क्यालिब्रेसन फ्लाइट’को काम मंसिर ११ गते सकिएपछि अब प्रतिवेदनको पर्खाइमा बसिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले बताए।‘थाई एयर’को विमानले ‘क्यालिब्रेसन फ्लाइट’ गरेर उडानमा विमानस्थलको ‘एयर ट्राफिक कन्ट्रोल’ सम्बन्धी परीक्षण, भौगोलिक अवस

सम्बन्धित सामग्री

हवाई प्रवेशविन्दुमा फेरि रित्तो हात

काठमाडौं । नेपालले भैरहवा र महेन्द्रनगर हवाई प्रवेश विन्दुका लागि भारतसँग पटक–पटक छलफल गरे पनि अनुमति पाउन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणअघि नै प्राविधिक रूपमा यी हवाई प्रवेश विन्दुमा सहमति जुटाउन २ दिनअघि भारत पुगेको नेपाली टोली रित्तै हात फर्किएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको टोली शुक्रवार नेपाल फर्किएको छ । क्रशबोर्डर उडान तथा भैरहवा र महेन्द्रनगर प्रवेश विन्दुका विषयमा प्राविधिक तहबाट सहमति जुटाउने अपेक्षा गरिए पनि उक्त विषयमा छलफल मात्रै भएको मन्त्रालयका अधिकारीले जानकारी दिए । मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले यसपटक छलफल मात्रै भएको, ठोस निर्णय नभएको बताए । ‘प्रधानमन्त्रीज्यूको भ्रमणका क्रममा टुंगो लागे लाग्ला, अहिले भने छलफल मात्रै भएको छ,’ उनले भने । प्रधानमन्त्रीको भारत भ्रमणका लागि मन्त्रालयले हवाई प्रवेश विन्दुलाई नै प्राथमिकतामा राखेर योजना बनाएको उनको भनाइ छ ।  भारतीय पक्षले भने यसपटक पनि प्रवेश विन्दुका लागि ‘ग्रीन सिग्नल’ दिएको छैन । नेपालले क्रशबोर्डर उडानको विषय सन् २०१६ देखि नै उठाउँदै आएको छ । नेपालको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १ वर्ष भइसकेको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको पनि ५ महीना बित्न लागेको छ । तर, यी विमानस्थलबाट अन्तरराष्ट्रिय उडान भइरहेको छैन । दातृ निकायबाट सरकारले ऋण लिएर विमानस्थल बनाए पनि पर्याप्त अन्तरराष्ट्रिय उडान नहुँदा यी विमानस्थलकै आम्दानीबाट ऋणको साँवाब्याज भुक्तानी गर्ने अवस्था अझैं बनिसकेको छैन । गत पुस १७ गते उद्घाटन भएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट निजीक्षेत्रको बुद्ध एयरले सोही दिनदेखि नै उडान गर्ने योजना बनाए पनि अहिलेसम्म उडान गर्न सकेको छैन । भारतले उपर्युक्त प्रवेश विन्दु नदिँदा उडान हुन नसकेका हो । बुद्धले काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भने भारतको बनासरमा उडान गर्दै आएको छ । अहिले नेपाल प्रवेशका लागि सिमरा हवाई विन्दुमात्रै भारतले उपलब्ध गराएको छ । नेपालले थप दुई अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएसँगै भैरहवा र महेन्द्रनगर हवाई प्रवेश विन्दु उपलब्ध गराउन पहल गर्दै आएको छ । भारतले यसमा आलटाल गर्दै आएको छ ।

अन्तरराष्ट्रिय विमानस्थल : काठमाडौँमा चाप, भैरहवामा यात्रु नहुँदा उडान बन्द

काठमाडौं : सरकारले पुस १७ गते आइतबार तामझामका साथ पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्यायो। तेस्रो अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइरहँदा यसअघि सञ्चालनमा आएको भैरहवास्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको उडान बन्द भएको छ। यता काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढी रहेको छ। आजभन्दा करिब ७ महिनाअघि तामझामका साथ उद्घाटन गरिएको विमानस्थलमा यति वेला अन्तरराष्ट्रिय उडान नै छैन।मौसम प्रतिकूलताको कारण देखाउँदै हिमालय एयरलाइन्स र जजिरा एयरलाइन्सल

पुस १७ देखि बुद्ध एयरले सबै उडान पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट गर्ने

बुद्ध एयरले यही पुस १७ गतेदेखि सबै उडान नवनिर्मित पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्ने भएको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थल अङ्ग्रेजी वर्ष २०२३ को १ जनवरीदेखि व्यवसायिकरुपमा सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले घोषणा गरिसकेको छ । भौतिक पूर्वाधारले निकै राम्रो मानिएको नयाँ विमानस्थलबाट उडान भर्न सम्पूर्ण तयारी गरिएको कम्पनीले जनाएको छ । बुद्ध एयरले […]

बुद्ध एयरले सबै उडान पोखरा विमानस्थलबाट गर्ने

काठमाडौं :  बुद्ध एयरले पुस १७ गतेदेखि सबै उडान नवनिर्मित पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्ने भएको छ। पोखरा अन्तरराष्ट्रिय विमानस्थल अङ्ग्रेजी वर्ष २०२३ को १ जनवरीदेखि व्यावसायिकरुपमा सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले घोषणा गरिसकेको छ।भौतिक पूर्वाधारले निकै राम्रो मानिएको नयाँ विमानस्थलबाट उडान भर्न सम्पूर्ण तयारी गरिएको कम्पनीले जनाएको छ। बुद्ध एयरले नयाँ विमानस्थलबाट उडान हुने भएकाले यात्रुलाई निश्चित समयमा जाँचका लागि अनुरोध गरेको छ। उक्त विमानस्थलमा आइएफ

बुद्ध एयरले सबै उडान पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट गर्ने

कास्की । बुद्ध एयरले यही पुस १७ गतेदेखि सबै उडान नवनिर्मित पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्ने भएको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थल अङ्ग्रेजी वर्ष २०२३ को १ जनवरीदेखि व्यवसायिकरुपमा सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले घोषणा गरिसकेको छ । भौतिक पूर्वाधारले निकै राम्रो मानिएको नयाँ विमानस्थलबाट उडान भर्न सम्पूर्ण तयारी गरिएको कम्पनीले जनाएको छ । बुद्ध एयरले नयाँ विमानस्थलबाट उडान हुने भएकाले यात्रुलाई निश्चित समयमा जाँचका लागि अनुरोध गरेको छ ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल वैशाख ८ गतेदेखि सञ्चालन हुँदै

वैशाख ४, काठमाडौं । निर्माण कार्य सम्पन्न भई व्यावसायिक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिइएको छ ।  यसैगरी मन्त्री आलेले कोरोना संक्रमण दर निकै कम भएको र जोखिम पनि घटेकाले अब विमानस्थलको सेवा २४सै घण्टा सञ्चालन गराउनसमेत नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् । पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अब तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीवकुमार अधिकारीले जानकारी दिए ।  उनका अनुसार बुद्ध, यति, श्री, गुण र सौर्य गरी पाँच एयरलाइन्सले सो विमानस्थलमा आन्तरिक उडान शुरु गर्नेछन् । अन्तरराष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि शुरु हुने प्राधिकरणले जानकारी दिएको छ ।  यसैगरी अर्को ठूलो अन्तरराष्ट्रिय विमानस्थल पोखरा अन्तरराष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको काम पनि लगभग सकिएको तथा आगामी दशैंसम्ममा उक्त विमानस्थलबाट पनि अन्तरराष्ट्रिय उडान गर्ने गरी काम शुरु भएको बताइएको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि नजिकै रहेको ल्याण्डफिल्ड साइट हटाउने कार्य र पूर्वतिरको रिट्ठेपानी डाँडा कटानको काम मात्र बाँकी रहेकाले उक्त काम सकिएलगत्तै अन्तरराष्ट्रिय उडान शुरु गरिने महानिर्देशक अधिकारीले बताए ।  उनले भने, ‘हामी अबको १५ देखि २० दिनभित्रमा रिट्ठेपानी डाँडा कटानको काम सुरु गर्नेछौँ र कटान दुई महीनामा सक्ने लक्ष्य राखेका छौँ ।’ नेपालमा कोरोना भाइरस करीब करीब अन्त्य हुँदै गएपछि हवाई उडानको चाप बढेसँगै अब प्राधिकरणले अन्तरराष्ट्रिय विमानस्थललाई २४सैं घण्टा सञ्चालन गर्ने योजना बनाएको छ । रासस