हवाई प्रवेशविन्दुमा फेरि रित्तो हात

काठमाडौं । नेपालले भैरहवा र महेन्द्रनगर हवाई प्रवेश विन्दुका लागि भारतसँग पटक–पटक छलफल गरे पनि अनुमति पाउन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणअघि नै प्राविधिक रूपमा यी हवाई प्रवेश विन्दुमा सहमति जुटाउन २ दिनअघि भारत पुगेको नेपाली टोली रित्तै हात फर्किएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको टोली शुक्रवार नेपाल फर्किएको छ । क्रशबोर्डर उडान तथा भैरहवा र महेन्द्रनगर प्रवेश विन्दुका विषयमा प्राविधिक तहबाट सहमति जुटाउने अपेक्षा गरिए पनि उक्त विषयमा छलफल मात्रै भएको मन्त्रालयका अधिकारीले जानकारी दिए । मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले यसपटक छलफल मात्रै भएको, ठोस निर्णय नभएको बताए । ‘प्रधानमन्त्रीज्यूको भ्रमणका क्रममा टुंगो लागे लाग्ला, अहिले भने छलफल मात्रै भएको छ,’ उनले भने । प्रधानमन्त्रीको भारत भ्रमणका लागि मन्त्रालयले हवाई प्रवेश विन्दुलाई नै प्राथमिकतामा राखेर योजना बनाएको उनको भनाइ छ ।  भारतीय पक्षले भने यसपटक पनि प्रवेश विन्दुका लागि ‘ग्रीन सिग्नल’ दिएको छैन । नेपालले क्रशबोर्डर उडानको विषय सन् २०१६ देखि नै उठाउँदै आएको छ । नेपालको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १ वर्ष भइसकेको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको पनि ५ महीना बित्न लागेको छ । तर, यी विमानस्थलबाट अन्तरराष्ट्रिय उडान भइरहेको छैन । दातृ निकायबाट सरकारले ऋण लिएर विमानस्थल बनाए पनि पर्याप्त अन्तरराष्ट्रिय उडान नहुँदा यी विमानस्थलकै आम्दानीबाट ऋणको साँवाब्याज भुक्तानी गर्ने अवस्था अझैं बनिसकेको छैन । गत पुस १७ गते उद्घाटन भएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट निजीक्षेत्रको बुद्ध एयरले सोही दिनदेखि नै उडान गर्ने योजना बनाए पनि अहिलेसम्म उडान गर्न सकेको छैन । भारतले उपर्युक्त प्रवेश विन्दु नदिँदा उडान हुन नसकेका हो । बुद्धले काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भने भारतको बनासरमा उडान गर्दै आएको छ । अहिले नेपाल प्रवेशका लागि सिमरा हवाई विन्दुमात्रै भारतले उपलब्ध गराएको छ । नेपालले थप दुई अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएसँगै भैरहवा र महेन्द्रनगर हवाई प्रवेश विन्दु उपलब्ध गराउन पहल गर्दै आएको छ । भारतले यसमा आलटाल गर्दै आएको छ ।

सम्बन्धित सामग्री

बाजुरामा चामल नपाउँदा रित्तो हात फिर्ता

बाजुरा । ‘आज बिहान घरमा चामल सकीएको थियो, आमाले चामल लिन मार्तडी जाउँ भन्नु भयो, चार सय गाडीभाडा खर्चेर मार्तडी आए यहाँको डिपोमा चामल सकीएको सूचना टाँसिएको रहेछ, बजारबाट चामल लिउँभने अचाक्ली महंगो छ । अब रीत्तो हात घर फर्किनु पर्ने भयो ।’ बुढीगंगा नगरपालिका–२ मुसीका धोज रावतले भने । जहिलै खाद्यान्न अभाव सदरमुकाम मार्तडीमा […] The post बाजुरामा चामल नपाउँदा रित्तो हात फिर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फूल नपाएपछि निराश हुँदै रित्तो हात फर्किए ग्राहक

तिहारको अघिल्लो दिनमै फूल सकिएपछि ग्राहक निराश बनेका छन् । फूल खरिद गर्न बुधबार बिहानै रामपुर नगरपालिका–४ देवीस्थानको फूलबारीमा ग्राहकको ठूलो भीड देखिन्थ्यो ।यहाँ उत्पादन भएका फूल सकिएपछि धेरै ग्राहक रित्तो हात घर फर्किएका छन् । टीकाको दिनलाई अघिल्लो दिनमै बन्दोबस्त गरेर राख्न फूलबारीमा पुग्दा रित्तो बोटमात्रै रहेको गीता पौडेल बताउँछिन् । “एक हप्ताअघि माग गरे पनि ग्राहकको भीड थेगिनसक्नु हुँदा खाली हात घर फर्कनुपरेको छ”, उनले भनिन्, “व्यावसायिक फूलखेतीमा लगानी गरेर यसलाई व

पचरौताका कर्मचारी ६ महिनादेखि रित्तो हात, पाएनन् तलब

काठमाडौँ। बाराको पचरौता नगरपालिकाका शिक्षक तथा कर्मचारीहरूले ६ महिनादेखि तलब पाउन सकेका छैनन् । दशैको मुखमा समेत रित्तो हात भएको छ ।  नगरपालिकाको नगरसभा बैठक बस्न नसकेकाले तलब दिन नसकेको सूचना अधिकारी गौरी साहले प्रशासनलाई जानकारी दिए । ‘नगरसभा बस्न सकेको छैन, नगरसभा नबसे सम्म खाता खोल्न मिल्दैन, त्यही भएर तलब खान पाएका छैनौ मलाई […]

भरतपुर महानगरपालिका : योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन

विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना लिएर प्रमुखसमक्ष पुगेपछि महानगरको आन्तरिक, प्रदेश वा सङ्घमध्ये जहाँबाट भए पनि स्रोत सुनिश्चित गरेर योजना लिएरमात्रै फर्किन्छन् । गएको पाँच वर्षमा सम्भवतः सङ्घ र प्रदेशबाट सबैभन्दा बढी बजेट भित्र्याउन सफल हुने महानगरपालिकामा भरतपुर पर्दछ । भरतपुर […]

भरतपुर महानगरपालिका : योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना लिएर प्रमुखसमक्ष पुगेपछि महानगरको आन्तरिक, प्रदेश वा सङ्घमध्ये जहाँबाट भए पनि स्रोत सुनिश्चित गरेर योजना लिएर मात्रै फर्किन्छन् । गएको पाँच वर्षमा सम्भवतः सङ्घ र प्रदेशबाट सबैभन्दा बढी बजेट भित्र्याउन सफल हुने महानगरपालिकामा भरतपुर पर्दछ […]

भरतपुर महानगरपालिका : योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन

विकास गतिमा तीव्ररूपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाअध्यक्षहरू योजना लिएर प्रमुख समक्ष पुगेपछि महानगरको आन्तरिक, प्रदेश वा सङ्घ मध्ये जहाँबाट भए पनि स्रोत सुनिश्चित गरेर योजना लिएरमात्र फर्किन्छन् ।गएको पाँच वर्षमा सम्भवतः सङ्घ र प्रदेशबाट सबैभन्दा बढी बजेट भित्र्याउन सफल हुने महानगरपालिकामा भरतपुर पर्दछ । भरतपुर महानगरपालिका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन

भरतपुर महानगरपालिका : योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन

चितवन – विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना लिएर प्रमुखसमक्ष पुगेपछि महानगरको आन्तरिक, प्रदेश वा सङ्घमध्ये जहाँबाट भए पनि स्रोत सुनिश्चित गरेर योजना लिएरमात्रै फर्किन्छन् । गएको पाँच वर्षमा सम्भवतः सङ्घ र प्रदेशबाट सबैभन्दा बढी बजेट भित्र्याउन सफल हुने महानगरपालिकामा भरतपुर पर्दछ । […]

धनुषामा मल अभाव : दिनहुँ डिपो धाउँदै रित्तो हात फर्किन्छन् किसान

जनकपुर : धनुषाको औरही गाउँपालिका-३ का सोभित पण्डित मलका लागि नजिकैको डिलरमा धाउँदाधाउँदा थाकिसके। दुई/तीन दिनसम्म डिलरमा धाउँदासमेत मल नपाएपछि उनी निरास भएर रित्तो हात घर फर्किए। ‘धानको बीउ छर्ने बेला मल पाउन सकिएको छैन’, उनले भने, ‘गहुँको याममा जसोतसो मल पाइएको थियो, अहिले त डिलर चहार्दाचहार्दै निरास बनेको छु।’…

१५ दिनदेखि सर्वोच्चमा काम ठप्प, सेवाग्राही रित्तो हात फर्कन बाध्य

मिरा बस्नेतकाठमाडौं, कात्तिक २२ । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै १५ दिनदेखि सर्वोच्च अदालतमा न्यायनिरुपण ठप्प बनेको छ । छिटफुट बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाई भएपनि सर्वोच्च अदालत पूर्ण रुपमा प्रभावित बनेको छ । न्यायको लागि सर्वोच्च अदालतको ढोकामा पुगेका सेवाग्राही रित्तो हात फर्कन बाध्य छन् । सर्वोच्च अदालतका नेतृत्वकर्ताविरुद्ध आन्दोलमा उत्रेका कानुनव्यवसायी भने […]

धान रोप्ने बेला मलको अभाव, रित्तो हात फर्कनुपर्दा किसान चिन्तित

रासस। धान खेतका लागि रासायनिक मलखाद नपाउँदा कञ्चनपुरका किसान चिन्तित बनेका छन्। महेन्द्रनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा मलखादका लागि दैनिकजसो किसानको भीड लागेपनि मल नपाउँदा रित्तो हात फर्किनुपरेको छ। “मलखाद चाहियो भनेर किसानले कार्यालय नै घेराउ गर्नसमेत पछि पर्दैनन्। माथिबाटै थोरै मलखाद आउँछ, सबैतिर दिँदा पुग्दैन,” कृषि सामग्री कम्पनी लिमिटेडका कार्यालय प्रमुख बलबहादुर शाहले भने।