पोखरा : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको सोमबार निरीक्षण गरेका छन्।उनले अन्तरराष्ट्रिय उडान अवरुद्ध गर्ने रिठ्ठेपानी डाँडा कटानका लागि सहजीकरण गर्ने र विमानस्थलको उत्तरपट्टीको बाढी तथा पूर्वपट्टीको कटान नियन्त्रणमा संघीय सरकारले सघाउने र आवश्यक बजेट दिने आश्वासन पनि दिए।रिठ्ठेपानी डाँडा कटानमा पूरक इआइए गर्नुपर्ने र त्यसका लागि ३ महिना लाग्ने नागरिक उड्डयन प्राधिकरणका प्रदीप अधिकारीले देउवालाई जानकारी गराए।निर्माणाधीन पोखरा अन्