पोखरा अन्तरराष्ट्रिय विमानस्थल : आम्दानी लक्ष्य ३० करोड तिर्नुपर्ने किस्ता २ अर्बभन्दा बढी

काठमाडौं । पोखरा अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले वार्षिक ३० करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । सोही विमानस्थल निर्माण गर्दा लिएको ऋणको साँवाब्याज भुक्तानी गर्न वार्षिक २ अर्ब ४ करोड रुपैयाँको किस्ता तिर्नुपर्ने देखिएको छ । गत पुस १७ गतेदेखि सञ्चालनमा आएको यो विमानस्थलको किस्ता तिर्ने अवधि चैतदेखि शुरू हुँदै छ । नेपाल सरकारले चिनियाँ एक्जिम बैंकबाट लिएको ऋणको पहिलो किस्ता १ अर्ब २ करोड रुपैयाँ चैतमा बुझाउने कार्यतालिका छ । सरकारले उक्त बैंकमार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिएको ऋणको ग्रेस अवधि ७ वर्ष सकिएर किस्ता तिर्ने समय शुरू हुन लागेको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन भएर यसले गर्ने आम्दानीले उक्त किस्ता तिर्न सम्भव नहुने प्राधिकरणले बताइसकेको छ । यद्यपि यो वर्षको आम्दानी लक्ष्य कार्यालयले बढाएको छ । अन्तरराष्ट्रिय विमानस्थलका रूपमा सञ्चालनमा आएको डेढ महीना हुन लाग्दा प्राधिकरणले सरकारलाई पहिलो किस्ताबापत उक्त रकम तिर्नुपर्ने हुन्छ । तर, किस्ता तिर्ने दबाब भने नभएको प्राधिकरणका अधिकारी बताउँछन् । प्राधिकरणको ऋण भुक्तानी तालिकाअनुसार चैत १ गते किस्ता तिर्नुपर्छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अहिले किस्ता तिर्न समस्या नभएको बताए । ‘प्राधिकरणले तत्काल चुक्ता गर्न नसके पनि अर्थ मन्त्रालयमार्फत किस्ता भुक्तानी हुनेछ,’ उनले भने । सरकारले किस्ता भुक्तानी नगरे पनि प्राधिकरणको सञ्चित नाफा राम्रो छ । प्राधिकरणको तथ्यांकअनुसार २०७८ को तुलनामा केही सञ्चित नाफा घटे पनि २०७९ असारसम्म सञ्चित नाफा १ खर्ब ४६ अर्ब ५३ करोड रुपैयाँ छ । यसबाट पनि प्राधिकरणले किस्ता तिर्न सक्ने अवस्था छ । २०७८ असारसम्म प्राधिकरणको सञ्चित नाफा १ खर्ब ४७ अर्ब १२ करोड रुपैयाँ थियो । अर्धवार्षिक रूपमा किस्ता तिर्नुपर्ने ऋण तालिकाअनुसार ६ महीनामा १ अर्ब २ करोड रुपैयाँ तिर्नुपर्छ । वार्षिक रूपमा २ अर्ब ४ करोड रुपैयाँ किस्ता तिर्नुपर्छ । ऋण लिएको २० वर्ष (२०९२ साल असोज १ गते) भित्र किस्ता तिरिसक्नुपर्ने हुन्छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थल बनाउन सरकारले २०७२ सालमा उक्त बैंकसँग सम्झौता गरेको थियो । पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखरा विमानस्थल कार्यालयले चालू आर्थिक वर्ष (आव) को नाफा पनि दोब्बर हुने प्रक्षेपण गरेको छ । आव २०७८/७९ मा १३ करोड रुपैयाँ आम्दानी भएको यो विमानस्थलबाट प्राधिकरणले चालू आव २०७९/८० मा भने दोब्बरभन्दा बढी (३० करोड रुपैयाँसम्म) आम्दानी गर्ने लक्ष्य राखेको विमानस्थल कार्यालयका प्रवक्ता जशोधा सुवेदीले जानकारी दिइन् । पोखरामा अहिले आन्तरिक उडान मात्रै सञ्चालन भइरहेको छ ।

सम्बन्धित सामग्री

विमानस्थल निजीकरण : माफिया पोस्ने ‘सेटिङ’

नेपाल नागरिक उड्डयन प्राधिकरणको २०८०/९/२० को निर्णय सिरानी हालेर ०८०/१०/१५ मा मन्त्रिपरिषदले पोखरा अन्तरराष्ट्रिय विमानस्थल, गौतमवुद्ध अन्तरराष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन गर्न प्राइभेट कम्पनीलाई जिम्मा लगाउने नियतले अध्ययन समिति गठन गरेको छ । यसमा दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निजगढको कुरा पनि छ । पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्ने सरकारको नियत देखिएको छैन । […]

चार अन्तरराष्ट्रिय विमानस्थल पीपीपीमा व्यवस्थापन

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले चारओटा अन्तरराष्ट्रिय विमानस्थल निर्माण तथा व्यवस्थापन सार्वजनिक–निजी–साझेदारी (पीपीपी) अवधारणामा गर्ने निर्णय गरेको छ ।  प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त अवधारणामा तीनओटा विमानस्थल सञ्चालन र विस्तार तथा निजगढ विमानस्थल बनाउने निर्णय गरेको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन तथा विस्तार र प्रस्तावित निजगढ विमानस्थल निर्माण उक्त अवधारणामा गर्न आवश्यक निर्णय र छलफलका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पठाएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।  अहिले तीनओटा अन्तरराष्ट्रिय विमानस्थल भए पनि त्रिभुवनबाहेक अन्य क्षमताभन्दा न्यून रूपमा उपयोग भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो एकवर्षे कार्यकालको प्रगति विवरण पुस १० गते सार्वजनिक गर्दै अन्तरराष्ट्रिय विमानस्थल सोही अवधारणामा बनाउने तयारी भएको बताउनुभएको थियो । अहिले प्राधिकरणले उक्त अवधारणामा विमानस्थल सञ्चालन तथा व्यवस्थापनका लागि साझेदार भित्त्याउन ठोस कदम चालेको छ ।  सबैभन्दा पुरानो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हो । २०७९ जेठ २ गते गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भएको थियो । अहिले तीनओटा अन्तरराष्ट्रिय विमानस्थल भए पनि त्रिभुवनबाहेक अन्य क्षमताभन्दा न्यून रूपमा उपयोग भएका छन् ।  सञ्चालनको एक/डेढ वर्ष हुँदा गौतमबुद्ध र पोखरा विमानस्थल राम्रोसँग चल्ने संकेत नदेखिएका बेला सरकारले उक्त अवधारणामा निजगढ विमानस्थल बनाउने गरी चारओटै विमानस्थललाई एउटै प्याकेज बनाउनेछ । सबैभन्दा बढी आम्दानी हुने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पनि प्याकेजमा राख्दा यी विमानस्थल व्यवस्थापनका लागि साझेदार भित्रन सक्ने आकलन प्राधिकरणको छ ।

अन्तरराष्ट्रिय विमानस्थल : काठमाडौँमा चाप, भैरहवामा यात्रु नहुँदा उडान बन्द

काठमाडौं : सरकारले पुस १७ गते आइतबार तामझामका साथ पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्यायो। तेस्रो अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइरहँदा यसअघि सञ्चालनमा आएको भैरहवास्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको उडान बन्द भएको छ। यता काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढी रहेको छ। आजभन्दा करिब ७ महिनाअघि तामझामका साथ उद्घाटन गरिएको विमानस्थलमा यति वेला अन्तरराष्ट्रिय उडान नै छैन।मौसम प्रतिकूलताको कारण देखाउँदै हिमालय एयरलाइन्स र जजिरा एयरलाइन्सल

पुस १७ देखि बुद्ध एयरले सबै उडान पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट गर्ने

बुद्ध एयरले यही पुस १७ गतेदेखि सबै उडान नवनिर्मित पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्ने भएको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थल अङ्ग्रेजी वर्ष २०२३ को १ जनवरीदेखि व्यवसायिकरुपमा सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले घोषणा गरिसकेको छ । भौतिक पूर्वाधारले निकै राम्रो मानिएको नयाँ विमानस्थलबाट उडान भर्न सम्पूर्ण तयारी गरिएको कम्पनीले जनाएको छ । बुद्ध एयरले […]

‘क्यालिब्रेसन’ उडान सकेपछि प्रतिवेदनको पर्खाइमा पोखरा अन्तरराष्ट्रिय विमानस्थल

पर्वत : आरम्भ गरेको ७ वर्षपछि निर्माणको काम सकिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल अब ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन पर्खिएर बसेको छ।गत मंसिर ५ गते साँझ ४ बजेबाट शुरु भएको ‘क्यालिब्रेसन फ्लाइट’को काम मंसिर ११ गते सकिएपछि अब प्रतिवेदनको पर्खाइमा बसिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले बताए।‘थाई एयर’को विमानले ‘क्यालिब्रेसन फ्लाइट’ गरेर उडानमा विमानस्थलको ‘एयर ट्राफिक कन्ट्रोल’ सम्बन्धी परीक्षण, भौगोलिक अवस

चीनद्वारा पोखरा अन्तरराष्ट्रिय विमानस्थलको चाबी हस्तान्तरण

काठमाडौँ : चीनले आज पोखरा अन्तरराष्ट्रिय विमानस्थलको चाबी नेपाललाई हस्तान्तरण गरेको छ।नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबार साँझ परराष्ट्रमन्त्री डा. नारायण खड्कामार्फत उक्त चाबी नेपाललाई हस्तान्तरण गरेका हुन्।विदेशमन्त्री वाङ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री देउवालाई भेट्न चिनियाँ विदेशमन्त्री उनको निवास बालुवाटार पुगेका हुन्।पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणको कार्य नसकिँदै चीनले नेपाललाई हस्तान्तरण गरेको हो।पोखरा अन्तरराष्ट्रिय विमानस्

निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थल (फेटोफीचर)

पोखरा, ५ मंसिर । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल । तस्वीरः राधिका कँडेल, रासस

भैरहवाभन्दा पहिले पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति सन्तोषजनक नरहेको अवस्थामा कास्कीको पोखरामा निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थल भने तोकिएकै समयमा सम्पन्न हुने भएको छ । अहिले भइरहेको कामहरूको प्रगतिको आधार हेर्दा भैरहवा अन्तरराष्ट्रिय विमानस्थलभन्दा पहिले नै पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने देखिएको छ ।विमानस्थल आयोजनाका अनुसार विमानस्थलको ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । यस्तै करीब ५१ प्रतिशत वित्तीय प्रगति भएको छ । तोकिएको काम सम्पन्न भएपछि मात्रै ठेकेदारलाई पूरा भुक