काठमाण्डाै – काठमाण्डौ उपत्यकामा सबै किसिमका गाडी चल्न पाउने व्यवस्थासहित यही मङ्गलवार २२ गतेदेखि असार ३१ गतेसम्मका लागि निषेधाज्ञा थप भएको छ ।सार्वजनिक गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने र मास्क लगाउने लगायतका जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने व्यवस्थासहित सबै प्रकारका गाडी चलाउन पाउने व्यवस्था गरेको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आइतवार बसेकाे बैठकले काठमाण्डौ उपत्यका भित्रिने गाडीहरूले भने जिल्ला प्रशासन कार्यालयबाट अनुमति...