काठमाण्डौ - काठमाण्डौ उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता लम्ब्याउने तयारी भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता लम्ब्याउनेबारे छलफल गरेको हो ।निषेधाज्ञा थप्नेबारे आज अनौपचारिक छलफल भएको र पर्सि आइतवार निर्णय गर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार कुन-कुन क्षेत्र खुलाउने भन्नेबारे कुनै निष्कर्ष निस्किएको छैन तर कोरोनाको जोखिम अझै उत्तिकै रहेकाले थप एक हप्ता निषेधाज्ञा थप्नेबारे छलफल भएको...