काठमाडाैं उपत्यकामा निषेधाज्ञा थप कडा, ८ बजेपछि गाडी चलाउन रोक

काठमाडाैं : काठमाडाैं उपत्यकामा निषेधाज्ञा पुनः थप गरिएको छ। साउन २८ गतेदेखि भदाै ८ गतेसम्म लागु हुनेगरी निषेधाज्ञा थप गरिएको छ। अत्यावश्यकबाहेक निजी अनि सार्वजनिक सवारीसाधनमाथि कडा नियम लगाइएको छ। राति ८ बजेभित्र सवारीसाधन गन्तव्यमा पुगिसक्नुपर्नेछ। स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म गरिसक्नुपर्ने उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसअघि जारी निषेधाज्ञा साउन अन्तिममा सकिँदै छ।