काठमाण्डाै – काठमाण्डाै उपत्यकामा निषेधाज्ञा थप गर्ने तयारी भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले निषेधाज्ञा लम्ब्याउनेबारे साेमवार (आज) उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको छ ।संयुक्त छलफलले थप १५ दिनका लागि निषेधाज्ञा थप्ने तयारी गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनुभयो । उहाँले निषेधाज्ञा थप्नेबारे मङ्गलवार (भोलि) बैठक बसेर औपचारिक निर्णय गर्ने जानकारी दिनुभयो ।काठमाण्डौँ उपत्यकामा पहिलो चरणमा गएको १६ देखि निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि ...