एमाले कर्णाली प्रदेश कमिटीद्वारा तीन सांसद निस्काशित, ज्वालालाई निस्काशनको सिफारिश

काठमाडौं, ४ वैशाख । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले ह्वीप उल्लंघन गर्ने तीन सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्काशित गरेको छ । निस्काशित हुनेहरुमा शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लिएको विश्वासको मतको पक्षमा मतदान गर्नेमध्येका नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाही छन्। यसैगरी ह्वीप उल्लंघन गर्ने प्रकाश ज्वालालाई पार्टी सदस्य समेत नरहने गरी […]

सम्बन्धित सामग्री

एमाले कर्णाली प्रदेश संसदीय दलको नेता काे ?

सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको नेताका लागि लविङ सुरु भएको छ । प्रदेशसभामा १० सांसद रहेको एमाले संसदीय दलको नेता चयन हुन कम्तिमा ६ जनाको समर्थन आवश्यक पर्छ । यसरी हेर्दा दलको नेता बन्न प्रयास गर्ने एमाले प्रदेश इन्चार्ज यामलाल कँडेलको पक्षमा हालसम्म ४ जना सांसद खुलेका छन् । त्यस्तै प्रदेश अध्यक्ष […]

कर्णालीमा सर्वोच्चले पुनर्बहाली गरेका एमालेका तीन सांसद पुनः निलम्बित

१२ असार, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश सभाका तीन जना सांसद पुनः निलम्बित भएका छन् । एमाले संसदीय दलको निर्णय अनुसार सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एक महीनाका लागि प्रदेश सभा सचिवालयले निलम्बन गरेको हो । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै एमाले संसदीय दलको शुक्रबार बसेको बैठकको निर्णय अनुसार तीन […]

कर्णाली सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेको ह्वीप

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले सरकारले प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । मंगलवारको प्रदेशसभा बैठकमा निर्णयार्थ पेश हुने नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेले ह्वीप जारी गरेको हो । सर्वाेच्च अदालतले पुनर्बहाली गरिदिएका ४ सांसदमध्ये प्रकाश ज्वाला दलको बैठकमा सहभागी थिए भने सरकारमा सहभागी ३ सांसदहरू सहभागी थिएनन् । सांसद ज्वालाले संसद बैठकमा उपस्थिति हुने र विपक्षमा मतदान गर्ने बैठकमा जानकारी गराएका प्रमुख सचेतक गुलाबजङ्ग शाहले बताए ।&n...

पुनर्बहाली भएका १ सांसदसहित कर्णालीमा एमाले संसदीय दलको बैठक

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका बैठकमा सर्वाेच्च अदालतबाट पुनर्बहाली भएका १ सांसद सहभागी भएका छन् । बैठकमा सांसद प्रकाश ज्वाला सहभागी भएका सांसद सुशील थापाले जानकारी दिए । प्रदेश सरकारमा सहभागी सांसदहरू अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा दलको बैठकमा सहभागी भएनन् । प्रदेश सभाको मंगलवारको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरिने र बजेट सार्वजनिक गर्ने कार्यसूची छ । मंगलवार बिहान दल बैठकमा उपस्थित हुन पत्राचार गरिएको थियो ।

कर्णालीका चार सांसद पदमुक्त

नेकपा एमालेबाट निर्वाचित कर्णाली प्रदेशसभाका चारजना सांसद पदमुक्त भएका छन् । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको सिफारिसमा प्रदेशसभाले उनीहरुलाई पदमुक्त गरेको हो ।पदमुक्त हुने सांसदहरुमा सल्यान प्रदेशसभा (ख)बाट निर्वाचित प्रकाश ज्वाला, कालिकोट प्रदेशसभा (क)बाट निर्वाचित कुर्मराज शाही, डोल्पा प्रदेशसभा (क)बाट निर्वाचित नन्दसिंह बुढा र दैलेख क्षेत्र नं. १ (ख) बाट निर्वाचित अमरबहादुर थापा हुन् […]

मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न एमाले कर्णाली प्रदेशको ह्विप

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान गर्न एमालेले सांसदलाई ह्विप जारी गरेको छ। एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले पार्टीका १९ जना सांसदलाई मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न ह्विप जारी गर्ने निर्णय गरेको प्रमुख सचेतक गुलाबजंग शाहले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए।बिहान ११ बजेबाट एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक दलका नेता यामलाल कँडेलको घरमा बसेको थियो। सचेतक शाहले पार्टीका सबै सांसद बैठकमा उपस्थित भएको जानकारी दिए।यता, नेपाली कांग्रेस कर्णाली प्