सर्वोच्चका दुई आदेशः कर्णालीमा ४ एमाले सांसद पदमुक्त, चार पूर्वमाओवादी नेताकाे सांसद पद पनि ब्युँतेन

सर्वोच्च अदालतको सोमबारको दुई आदेशले एमालेमा प्रदेश सांसद तथा पूर्वमाओवादी चार नेताकाे संघीय सांसद पद गुमेको छ। कर्णालीमा ‘फ्लोर क्रस’ गरेर माओवादीको सरकार जोगाउने चार सांसदलाई एमालेले गरेको कारबाही सोमबार सर्वोेच्च अदालतले वैधानिक ठहर गर्‍यो। जसअनुसार एमाले कर्णाली प्रदेश सभा सदस्यहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा पदमुक्त भएका हुन्। प्रधानन्यायाधीश चालेन्द्रशम्शेर […]