भ्रष्टाचाविरोधी आन्दोलनबाट चर्चामा आएका अरविन्द केजरीवालपछि राजनीतिक व्यवस्थालाई सफा गर्ने र विकास केन्द्रीत राजनीतिलाई अघि बढाउने वाचा गर्दै राजनीतिमा प्रवेश गरे । भ्रष्टाचार विरोधी आन्दोलन भएको दुई वर्षमै उनी दिल्लीको मुख्यमन्त्रीको कुर्सीसम्म पुगे । बीचमा केही समय सत्ता बाहिर रहे पनि सन् २०१३ देखि उनी लगातार दिल्लीका मुख्यमन्त्री पदमा आसिन छन् । केजरीवाल र उनको आम आदमी पार्टीले यस अवधिमा दिल्लीका सरकारी स्कुलमा व्यापक सुधार गर्यो । सस्तो टोलछिमेक क्लिनिक सुरु गर्यो भने बिजुली र पानी