सीबीआईले दिल्लीका उप–मुख्यमन्त्री मनीष सिसोदियाको घरमा छापा मारेको एक दिन पछि सिसोदियाले पत्रकार सम्मेलन गरेका छन् । त्यस क्रममा उनले मोदी सरकारको आलोचना गर्दै सन् २०२४ को आम–निर्वाचन मूलत: अरविन्द केजरीवाल भर्सेस वर्तमान प्रधानमन्त्री मोदी हुने बताए । सीआईबीले सिसोदियाको घरमा १४ घण्टासम्म खान–तलासी गरेको थियो । सिसोदियाले शनिबार पत्रकार सम्मेलन आयोजना गरेर उनीविरुद्धको अन्तःशुल्क घोटाला मुद्दा मुख्यमन्त्री अरविन्द केजरीवालको विकास योजना रोक्न भाजपाको प्रयास भएको बताएको छ