भारतको राजधानी नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) भ्रष्टाचार विरोधी अभियानबाटै जन्मिएको हो । भ्रष्टाचारविरुद्ध केजरीवालले पटक–पटक सार्वजनिक प्रतिबद्धता समेत जनाउने गरेका छन् ।
तर उनै केजरीवालको पार्टीकी नेत्री तथा निगम पार्षद् गीता रावत घुस लिँदालिँदै रङ्गेहात पक्राउ परेकी छन् ।
सीबीआईको एन्टी करप्सन ब्रान्चले बदाम व्यापारीमार्फत घुस लिँदालिँदै नेत्री रावतलाई पक्राउ गरेको छ । आरोपी महिला रावत प्रदेशका उपमुख्यमन्त्री मनीष सिसोदियाको विधानसभा क्षेत्रस्थित विनोदनगर वडाबाट पार्षद् छिन् ।
...