सन् २०१४ को कुरा हो, सामाजिक सञ्जालदेखि टिभी च्यानलसम्म दुई नेताको चर्चा थियो । नाम थिए नरेन्द्र मोदी र अरविन्द केजरीवाल ।लगातार तेस्रो पटक गुजरातको मुख्यमन्त्री बनेपछि नरेन्द्र मोदी सन् २०१४ को चुनाव जित्ने बाटोमा थिए । अरविन्द केजरीवालले तीन पटककी मुख्यमन्त्री शीला दीक्षितलाई हराएर दिल्लीको मुख्यमन्त्री बनेर इतिहास रचेका थिए ।भारतको तत्कालीन राजनीतिका यी दुई महत्वपूर्ण पात्रको भिडन्त वाराणसीको चुनावमा भएको थियो जहाँ अरविन्द केजरीवालले लज्जास्पद हार बेहोरेका थिए ।त्यसको ठीक दश वर्षपछि सन् २०२४